‘मतदातासामु गरेका प्रतिबद्धता पुरा गर्छु, मतदान गर्नुहोस्’

‘मतदातासामु गरेका प्रतिबद्धता पुरा गर्छु, मतदान गर्नुहोस्’

वामदेव क्षेत्री प्रदेशसभा सदस्य उम्मेद्वार रुपन्देही २(२) माओबादी केन्द्र

 

रुपन्देही निर्वाचन क्षेत्र नं २ (२) प्रदेश सभा सदस्य पदमा उम्मेदवार वामदेव क्षेत्री (घिमिरे)सामाजिक तथा राजनैतिक क्षेत्रमा कुनै नयां नाम होइन । अन्तरिम विधायक समेत रहनु भएका क्षेत्री सामाजिक क्षेत्रमा समेत राम्रो प्रभाव जमाउन सफल नेता हुनुहुन्छ । गुल्मीको पुर्काेटमा वुवा नरिश्वर घिमिरे र माता पवित्रा घिमिरेको कोखबाट जन्मनु भएका क्षेत्री वुटवल –८ सुख्खानगरका स्थायी वासिन्दा हुनुहुन्छ । अर्थशास्त्र र राजनिति शास्त्रमा एम ए सम्मको औपचारिक अध्ययन पुरा गर्नुभएका क्षेत्री वौद्धिक नेताको रुपमा परिचित हुनुहुन्छ । कृषी विकास वैका पुर्व अध्यक्ष, प्रदेश योजना आयोगका निवर्तमान उपाध्यक्षको जिम्मेवारी सम्हाली सक्नु भएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रिय सदस्य, रुपन्देही निर्वाचन क्षेत्र नं २ (२)मा गठवन्धनका साझा उम्मेदवार क्षेत्रीसंग गरिएको कुराकानीको सम्पादीत अंशः

तपाईको उम्मेद्वारी किन ?
यो निर्वाचन क्षेत्र प्राचिन, एतिहासिक व्यापारिक र व्यवसायीक केन्द्रको रुपमा विकास भईरहेको नेपाल कै महत्वपुर्ण क्षेत्र हो । यस क्षेत्रको विकासको लागि मतदाताहरुलाई यस अघि ठूलठूला आश्वासन र सपना बाडियो । ति योजनाले मुर्तरुप लिन सकेन । खोक्रा आश्वासन होइन सहि योजना लिएर हिड्दा मात्र गन्तव्यमा पुग्न सकिन्छ । यहांका स साना समस्या समाधान हुन सकेको छैन । यहांका जनता, उद्योगी व्यवसायीसंगको समस्याहरुको नितिगत रुपमा समाधान गर्न मेरो उम्मेदवारी हो । म उम्मेदवार हुंदा या नहुंदा यहांको जनातासंगसंगै छु । जनताको सेवक हुं सधै सेवक बन्न चाहन्छु त्यसकारण पनि मेरो उम्मेदवारी रह्यो अर्काे कुरा मैले मात्र चाहेर उम्मेदवार भएको होईन संयुक्त वाम लोकतान्त्रिक गठवन्धन छ ति दलका नेताहरुले मलाई विश्वास गरेर पठाउनु भएको छ त्यो विश्वास म मर्न दिने छैन । जनताको सेवक भएर काम गर्न नै मेरो उम्मेदवारी हो ।

अहिले मतदाताको घरदैलोमा हुनुहुन्छ । कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
मतदाताहरु निकै उत्पाहीत हुनुहुन्छ । यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु भन्ने तर जनताको समस्या समाधान नगरिदिने यस क्षेत्रका पहिलेका जनप्रतिनिधिहरुसंग मतदाताहरु रुष्ट भएको मैले पांए । यस अघि निर्वाचित भएकाप्रति वितिष्णा जागेको पाए । हवाई कल्पना गर्ने काम नगर्नेहरुसंग दिक्क हुनु भएको रहेछ । काम गर्नुहुन्छ भने आउनुस भनेर स्वागत गर्नु भएको छ । यस क्षेत्रकै मतदाताहरुले भौतिक नैतिक राजनैतिक हरेक दृष्टीकोणबाट सहयोग गरिरहनु भएको छ । मतदान गरि जिताउछौं भन्ने प्रतिवद्धता पाएको छु त्यसले म पनि उत्साहीत छु । म जहां जहां पुगेको छु त्यहाका मतदाताहरु मप्रति विश्वास र सहानुभूती दुवै प्रकट गर्नु भएको छ ।

तपाईलाई मतदाताले किन जिताउने ?
मैले यस क्षेत्रको विकासको लागि दिर्घकालिन योजनाहरु अघि सारेको छु । भौतिक पुर्वाधार, युवा तथा खेलकुद, शिक्षा स्वास्थ्य, उद्योग व्यावसायको प्रवद्र्धन, उद्योगी व्यवसायीको संरक्षण, कृषी तथा वातावरण आदी विषयमा मैले शुक्ष्म अध्ययन गरी योजना पेश गरेको छु । त्यसमा मतदाताहरु सन्तुष्ट हुनुहुन्छ । मैले अघि सारेकै एजेण्डा हेरेर मतदाताहरुले मलाई निर्वाचित गराउनुहुने छ । मैले वोलेको कुरा पुरा गर्छु त्यो कुरा सवैलाई थाहा भएको कुरा हो झुठो, उधारो आश्वासन दिदैन वोलेको कुरा पुरा गर्छु । मतदाता सामु गरेका प्रतिवद्धताहरु पुरा गर्छु त्यसैलाई आधार मानेर मतदाताहरुले मलाई अनुमोदन गर्नुहुनेछ ।

निर्वाचन जित्ने आधारहरु के के छन?
जित्ने आधार भनेकै मतदाता हुनुहुन्छ । उहांहरुले मत दिनु भएरै निर्वाचित हुने हो । म अन्टेष्टेड उम्मेदवार हुं यस अघि धेरै पटक एउटै उम्मेदवारलाई जनताले परिक्षण गर्नुभयो । चुनाव जिताउनु भयो, तर निर्वाचित हुनु भएकाहरुले जनचाहना अनुसार काम गर्नु भएन । यस्तो पुल वनाउछु उस्तो सडक बनाउछु भन्नु भयो तर हेर्नुस त बुटवल– नारायणघाट सडकको अवस्था ? जित्ने आधार ४ वटा छन । एक त गठवन्धन, उम्मेदवारको छवि, जनताको जनलहर, र मतभार हो । मतभार हेर्दा गठवन्धनका सबै उम्मेदवारको जित निस्कन्छ । जित्ने आधार सुनिश्चित भएको छ । जितेको अनुभूती गरेको छु । जितको शुनिश्चितता देखेर विपक्षीहरु तिक्डम र षडयन्त्र गरेका छन । नमुना मतपत्रमा हाम्रा चिन्ह हटाएर वाडिएका छन । तर जति षडयन्त्र गरेपनि उनिहरुको षडयन्त्र सफल हुदैन । हाम्रो जित सुनिश्चित छ ।

प्रदेश योजना आयोगको उपाध्यक्ष पनि हुनु भयो, यस क्षेत्रका जनता प्रत्यक्ष लाभान्वित हुने के काम गर्नुभयो ? मतदाता सामु के कस्तो प्रतिवद्धता जनाउनु भएको छ ?
मैले अघि पनि भने बुटवल र यस आसपासको क्षेत्र व्यापारिक केन्द्र विन्दु हो । औद्योगिक विकासको प्रचुर सम्भावना बोकेको क्षेत्र पनि हो, र यो क्षेत्र भौगोलिक रुपमा सुगमता र प्राकृतिक विपत्तीको जोखिम क्षेत्र पनि हो । गत वर्षामा लक्ष्मीनगर ज्योतिनगर पहिरोले वितण्डा मच्चायो । हामीले जनतालाई प्रत्यक्ष राहत हुने काम गर्यौ र यसको समाधानको दिर्घकालिन योजना बनाएका छौं । राष्ट्यि योजना आयोगसंग सहकार्य गरेर डेढ करोडको काम भएको छ । अहिले त्यहांका जनताहरुले राहतको महसुस गर्नुभएको छ । तिनाउ नदी यस क्षेत्रको वरदान हो अभिशाप नहोस भन्नको लागि योजना अघि सारेका छौं । स्वास्थ्य, शिक्षा, रोजगार लगायतका विषयमा दिर्घकालीन योजना बनाएका छौं । त्यसलाई कार्यान्वयन गर्न पनि जित आवश्यक छ । कक्षा १२ सम्मको शिक्षा निशुल्क गर्ने, लुम्विनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा रुपान्तरण गर्ने, बुटवल वहुमुखी क्याम्पसलाई आधुनिकिकरण गरी अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, बुटवल अटोभिलेज इन्जिरियरिङ कलेज स्थापना गर्ने, नयां गाउंमा सूचना केन्द्र स्थापना गर्ने, महाविर पुस्तकालयलाई इलाईव्रेरीमा रुपान्तरण गर्ने, पढ्दै पढाउदै कार्यक्रम संचालन गर्ने शिक्षा क्षेत्रका योजना हुन ति कतिपय प्रकृयाको चरणमा छन । लुम्विनी प्रादेशिक अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्ने, प्रत्येक वडामा चिकित्सक नर्सिङ प्रोफेसनल फार्मासिष्ट र नियमित जांचको लागि डायगनोस्टिक ल्याव सहित स्वास्थ्य सुविधा दिने योजना अघि सारेको छु । सबै सडकहरुलाई हिलो धुलो मुक्त आधुनिक र सुरक्षित सडक निर्माण गर्ने, शहरी क्षेत्रमा सवै विद्युतिय तारलाई अण्डर ग्राउण्ड गर्ने, तिनाउ नदीमा दोहोरो रिटनिङ वाल लगाई जलासय निर्माण गरि वोटिङ संचालन गर्ने, विभिन्न जातजातिको भाषा संस्कृतीको संरक्षण, सैनामैनामा थारु संग्राहलय वनाई थारु संस्कृतीको संरक्षण गर्ने, गोलपार्क – तिलोत्तमा – भैरहवा लुम्विनी – रामापुर– मुर्गिया हुदै बुटवल सम्म ट्रामा रेल सम्भाव्यता अध्ययन गर्ने, रासायनिक मल कारखाना स्थापना गर्न पहला गर्ने, तिलोत्तमा सैनामैना र वुटवल जोड्ने चक्रपथ निर्माण गरी ढलको वैज्ञानिक व्यवस्थापन गर्ने योजना अघि सारेको छु ।

निर्वाचित भएपछि यही क्षेत्रका जनताको सेवक भएर काम गर्नु हुन्छ भन्ने कसरी मतदाताहरुले विश्वास गर्ने ?
म तपाईहरुकै सेवक हुं । यहांका जनतासंग संगै सुखदुःख साट्दै आएको छु । म निर्वाचित भएपनि नभए पनिसंगै रहन्छु । जनताको गुनासोलाई सम्वोधन गर्न, जनतासंग प्रत्यक्ष जोडिन सोही अनुसारको संरचना निर्माण गर्नेछु । सैनामैना र वुटवलमा नियमित सम्पर्क गर्न कार्यालय नै संचालन गर्छु ।

प्रकाशित मिति : बिहिबार, कार्तिक २४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij