भ्रष्ट्राचार प्रकरणमा बोहरा, अख्तियार मौन

भ्रष्ट्राचार प्रकरणमा बोहरा, अख्तियार मौन

नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा अनियमितता गरेको आरोप लागे पनि पंहुचका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत प्रभावमा पारेका तत्कालिन आपूर्ति मन्त्री दीपक वोहोरा अहिले रुपन्देही क्षेत्र नं ३ वाट प्रतिनिधि सभामा प्रत्यासी वनेका छन ।
वोहोरालाई नेकपा एमालेले सघाएको छ । कानुनविदहरुका अनुसार अख्तियारले यो प्रकरणको फाइल खोलेको भए वोहोरा यसरी चुनाव लड्न योग्य हुने थिएनन् ।
के हो प्रकरण ?
२०७२ सालमा भारतले नाकाबन्दी गरे पछि नेपाल आयल निगमको भण्डारण क्षमता बढाउने भन्दै ४ ठांउमा भण्डारणको लागि ५ अर्ब २८ करोडमा प्रक्रिया विपरीत जग्गा खरिद गरेको थियो । जग्गा खरिद गर्दा निगमका कर्मचारी र बिचौलियाको मिलेमतोमा किसानसङ सस्तोमा खरिद गरी निगमलाई महँगोमा विक्री गरेको पाइएको हो ।
महालेखा परीक्षकको कार्यालयले यो जग्गा खरिद प्रकरणमा १ अर्ब ३४ करोड रुपैयाँ अनियमितता भएको प्रतिवेदन तयार पारेको थियो ।
बोहराको संलग्नता
आयल निगमले २०७३ साल कार्तिक ९ गते झापा सर्लाही चितवन र रुपन्देहीमा जग्गा खरिद गर्ने निर्णय गरेको थियो । भने यो निर्णय गर्नु अगाडी २०७३ साउन २० गते बोहरा आपूर्ति मन्त्रीमा नियुक्त भएका थिए । सरोकारवाला मन्त्रीको स्वकृति विना अर्वौको जग्गा खरिद गर्ने कुरामा आयल निगमको नेतृत्व एक्लै अगाडि वढ्ने अवस्था नहुने सरकारी अधिकारीहरू वताउछन ।
अख्तियारले यो प्रकरणमा परेको मुद्दाका फाइलहरू लामो समय सम्म अड्काएर राख्यो । अन्ततः कोरोनाकालमा यो फाइललाई तामेलीमा राखेको पाइएको छ ।
जानकारहरूका अनुसार पर्याप्त प्रमाणसहित दर्ता भएको भ्रष्टाचारको उजुरीमा संलग्न व्यक्तिहरूलाई जोगाउनुपरे लामो समयसम्म ‘फाइल अनुसन्धानमा छ’ भनी प्रतिक्रिया दिने र कालान्तरमा त्यो विषय नै ओझेलमा परेपछि तामेलीमा राख्ने अख्तियारको शैली छ । अख्तियारको यस्तै शैलीका कारण बोहरा जोगिएको चर्चा त्यतीवेलै भएको थियो ।
गृह जिल्लामा खेल
जग्गा प्रकरणमा अनियमितता भएको शंका लागे पछि संसदीय समितिले छानबिन समिति नै बनाएर छानबिन गरेको थियो । सो संसदीय समितिले तयार पारेको प्रतिवेदनमा बोहराको गृह जिल्ला रुपन्देहीको जग्गा खरिदमा पनि व्यापक अनियमितता भएको उल्लेख गरेको छ । सो प्रतिवेदमा जग्गा उपलब्ध गराउने गरी छनौट भएका हरि प्रसाद पोखरेल र नारायण प्रसाद उपाध्यायले जग्गाधनीसङ २ देखि ४ लाख रुपैयाँमा खरिद गरी आयल निगमलाई ११ देखि १९ लाख प्रति कठ्ठाका दरले विक्री गरेको पाइएको छ ।
रुपन्देहीमा आयल निगमले खरिद गरेको जग्गा भैरहवा वाट करिब ७ किलोमिटर पूर्व रोहिणी नदीको बगरको जग्गा हो । राजनीतिक शक्तिकेन्द्रको पंहुचमा जानीजानी जोखिमयुक्त जग्गा खरिद गरेको आरोप पनि निगमलाई लाग्दै आएको छ ।

प्रकाशित मिति : सोमबार, कार्तिक २८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij