रुपन्देही-रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४(२) मा नेपाली कांग्रेसका वसिउद्दिन खाँ विजयी भएका छन् ।खाँ ११ हजार ३ सय ५ मत ल्याई विजयी भएका हुन् ।कुल ४० हजार ९ सय ६३ मत थियो।
उनका निकटतम् प्रतिद्धन्द्धी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवले ८ हजार २ सय ६५ पाएका छन भने जनमत पार्टीका अर्जुन प्रसाद जयसवालले ७ हजार ६ सय ६१ मत पाए । निर्वाचन अधिकारी देवेन्द्र आचार्यका अनुसार अहिले प्रतिनिधि सभा सदस्यको मतगणना जारी रहेको र उता पनि प्रदेश सभा सदस्यको मत हुन सक्ने भएकोले खाँ लाई विजयी घोषणा गरिएको छैन् ।
प्रतिनिधि सभा सदस्यको मतगणना पछि मात्र प्रदेश सभा सदस्यहरुलाई विजयी घोषणा गरिने उनले बताए ।
प्रकाशित मिति : बुधबार, मंसिर ७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्