बुटवल – रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा २ बाट नेकपा एमालेका भोजप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले नेकपा माओवादी केन्द्रका वामदेव क्षेत्रीलाई सात हजार बढी मतान्तरले पराजित गरे ।
श्रेष्ठले १६ हजार ३०० मत प्राप्त गरेर विजयी हुँदा क्षेत्रीले ९ हजार ४ सय १० मत ल्याए । निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४० हजार १५८ मत खसेको थियो ।
२०७४ सालको निर्वाचनमा पनि श्रेष्ठ यसै क्षेत्रबाट निर्वाचित भएका थिए । उनी लुम्बिनी प्रदेशमा स्वास्थ्यमन्त्री समेत भएका थिए ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्