लुम्बिनी प्रदेश सभाको अधिवेशन पुस १८ गते

लुम्बिनी प्रदेश सभाको अधिवेशन पुस १८ गते

बुटवल – लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन पुस १८ गतेदेखि सुरु हुने भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते दिउँसो १ बजे प्रदेश सभा अधिवेशन आहृवान गरेको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जनाएका छन् ।

हालसम्म अस्थायी मुकाम बुटवलमा बस्दै आएको अधिवेशन पहिलो पटक लुम्बिनीको राजधानी दाङ, देउखुरीमा नवनिर्मित प्रदेश सभा भवनमा बस्ने प्रदेश प्रमुख कार्यालयले बुधबार विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रदेश सभा सदस्यहरुको शपथ भने पुस १७ गते हुँदै छ । लुम्बिनीमा प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख शेरचनले शपथ खुवाउने छन् ।

प्रतिनिधि सभा र अन्य प्रदेश सभामा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ खुवाउने र त्यसपछि ज्येष्ठ सदस्यले अरुलाई शपथ खुवाउने व्यवस्था छ । तर लुम्बिनी प्रदेश प्रमुखले भने सबै प्रदेश सभा सदस्यहरुलाई शपथ खुवाउँछन् ।

संविधानमा प्रदेश कानुन बमोजिम शपथ ग्रहण बनाउने भन्ने व्यवस्था रहेको र लुम्बिनी प्रदेश सभा नियमावलीको नियम ४ मा प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले शपथ ग्रहण गराउने भन्ने उल्लेख भएकाले सिधै प्रदेश प्रमुखले शपथ खुवाउने गरिएको लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जानकारी दिए । अधिवेशनको अधिकांश तयारी अन्तिम चरणमा पुगेको पुनले बताए ।

८७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेबाट २९, नेपाली कांग्रेसबाट २७, माओवादी केन्द्रबाट ९, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट ४/४ जना, जसपा, लोसपा, जनमत पाटी र स्वतन्त्र ३/३ जना, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एक/एक जना सांसद रहेका छन् ।

प्रकाशित मिति : बिहिबार, पुष १४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij