काठमाण्डाै – तराईका जिल्लामा केही दिनदेखिको शीतलहर हटेर मौसम सफा हुने अनुमान गरिएको छ । लामो समयदेखिको बाक्लो हुस्सु कुहिरोका कारण तराई मधेसको जनजीवन प्रभावित भएको थियो ।
आजदेखि भने मौसममा सुधार आइ बाक्लो हुस्सु कुहिरो बिस्तारै हट्दै जाने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार बिहानको समयमा हुस्सु कुहिरो लागे पनि दिउँसाे घाम देखिने सम्भावना छ। तर, केही ठाउँमा भने बाक्लो हुस्सुको लाग्ने अनुमान पनि छ ।
पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव पर्न थालेकाले मौसममा सुधार आउने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । यस्तै आज काठमाण्डौसहित पहाडी क्षेत्रको मौसम पनि सफा रहने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । आज दिउँसाे पारिलो घाम लाग्ने सम्भावना छ ।
मौसम सफा हुन थालेसँगै न्यूनतम तापक्रम भने घट्न थालेको छ । बिहान पौने ६ बजेको काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो २ दशमलव ५ डिग्री सेल्सियस थियो।
प्रकाशित मिति : आइतबार, पुष २४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्