चितवनमा बर्डफ्लु देखिएपछि रुपन्देहीका सीमा नाकामा उच्च सतर्कता

चितवनमा बर्डफ्लु देखिएपछि रुपन्देहीका सीमा नाकामा उच्च सतर्कता

भैरहवा- चितनवको खैरनही नगरपालिका ९ मा किसानले पालेका कुखुरामा बर्डफ्लु भेटिएपछि रुपन्देहीमा उच्च सतर्कता अपनाइएको छ।
सोमबार रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको संयोजकत्वमा बसेको बैठकले रुपन्देहीका सीमा नाकाहरुमा उच्च सतर्कतका अपनाउने निर्णय गरेको हो।

जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका प्रमुख डा विनयकुमार कर्णका अनुसार जिल्लामा भित्रिने पशुपक्षीको आयातमामा उच्च चेकजाँच गरिनुका साथै कडा निगरानी अपनाउने समेत निर्णय गरिएको छ। यस्तै कुने पनि रोगको शंका लागेमा तुरुन्त जानकारी गराउनको लागि समेत अनुरोध गरिएको छ।

जिल्ला पशु सेवा कार्यालयबाट विगतका वर्षहरुमा जस्तै बर्डफ्लुको सर्भिलेन्स र नमुना संकलन कार्य यस वर्ष पनि निरन्तरता दिने निर्णय गरिएको छ। यस्तै विभिन्न सञ्चारमाध्यमबाट जनचेतनामूलक सन्देश प्रकाशन, प्रसारणसमेत गरिने निर्णय भएको जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका प्रमुख डा कर्णले जानकारी दिए।

पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर ९ मा दुई जना किसानको खोरमा रहेका कुखुराको नमुना परीक्षण गर्दा केही दिनअघि बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान) भेटिएको थियो।

यसअघि २०७० सालमा जिल्लामा बर्डफ्लु देखिएको थियो। सो समयमा बर्डफ्लुका कारण ठूलो संख्यामा कुखुरा मरेका थिए। नेपालको सीमा क्षेत्र भारतमा यस वर्ष पनि बर्डफ्लु देखापरेपछि नेपालमा उच्च सतर्कता अपनाइएको भए पनि बर्डफ्लु देखिएको हो।

कुखुराजन्य क्षेत्रमा नेपालमा रु ७० अर्बभन्दा बढी लगानी छ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij