नेपालगन्ज – करिब ५ लाख रुपैयाँभन्दा बढी नेपाली नक्कली नोटसहित ३ जनालाई पक्राउ परेका छन् । बाँके प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट तीनजना पक्राउ परेका हुन ।
बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना छन्। सो क्रममा उनीहरुबाट १ हजार दरका नक्कली नोट ५६९ थान बरामद भएको छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुन ३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्