रवि लामिछानेले निकितासँग गरे ‘कोर्ट म्यारिज’, भने-जीवनले नयाँ मोड लियो

रवि लामिछानेले निकितासँग गरे ‘कोर्ट म्यारिज’, भने-जीवनले नयाँ मोड लियो

काठमाडौँ- बजारमा चलेको चर्चा अन्तत पुष्टी गर्दै चर्चित सन्चारकर्मी रवि लामिछाने र चलचित्र विकाश बोर्डकी अध्यक्ष निकिता पौडेल विवाह बन्धनमा बाँधिएका छन्। रवि र निकिताले सोमबार काठमाडौँ जिल्ला अदालतबाट कोर्ट म्यारिज गरेका हुन्। केही समययता यी दुई प्रेम सम्बन्धमा रहेको र चाँडै विवाह गर्ने चर्चा चलेको थियो।

रवि र निकिता दुवै ‘डिभोर्सी’ हुन्। रविले केही महिना अघि २५ वर्षे वैवाहिक सम्बन्ध टुंग्याएका थिए। पहिलो श्रीमतीबाट उनका दुई छोरी छन्। अमेरिका रहँदा विदेशी महिलासँग लिभिङ टुगेदरमा बसेको र ती महिलाबाट एक सन्तान पनि जन्मेको रविले यसअघि नै बताईसकेका छन्।

निकितासँग कोर्ट म्यारिजपछि रविले सामाजिक सन्जालमा यस्तो लेखेका छन्।

‘ब्यक्तीगत जीवनले नयाँ मोड लिएको छ।एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ।यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो। हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद। परम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्ने छौ। यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ।’

प्रकाशित मिति : सोमबार, माघ ७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij