काठमाडौं । नेपाली चलचित्रका नायक पल शाह सोमबार तनहुँ जिल्ला कारागारबाट रिहा भएका छन् । पलका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलमोल वाग्लेका अनुसार कानुनी प्रक्रिया पूरा गरी उनी रिहा भएका हुन् ।
गत वर्ष पलविरुद्ध नाबालिगलाई बलात्कार गरेको किटानी जाहेरी परेको थियो । त्यसपछि उनले गत वर्षको फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।
नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् ।
प्रकाशित मिति : सोमबार, फाल्गुन १५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्