बुटवल–तानसेन सडक आजदेखि दैनिक ९ घण्टा बन्द

बुटवल–तानसेन सडक आजदेखि दैनिक ९ घण्टा बन्द

file photo

बुटवल : सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक आजदेखि दैनिक ९ घण्टा अवरुद्ध हुने भएको छ। सिद्धबाबा सुरुङ मार्ग निर्माणको काम अघि बढेकाले आजदेखि दैनिक ९ घण्टा सडक बन्द हुने भएको हो।

 

 

आजदेखि हरेक दिन बिहान ११ देखि दिउँसो २ बजे तथा राति १० देखि बिहान ४ बजेसम्म सडक अवरुद्ध हुने आयोजनाले जनाएको छ। निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकैको क्षेत्रमा सडक डाइभर्सनको कार्य सुरु गरेको र माथि पहराबाट खुकुला ढुंगाहरु खस्ने हुँदा सडक सञ्चालनमा जोखिम हुने भएकाले सडक बन्द गर्नु परेको हो। अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको आयोजनाले जनाएको छ।

सडकमा एम्बुलेन्सलगायत अत्यावश्यकीय सवारी साधन सञ्चालनमा भने अवरोध नहुने जनाइएको छ। सुरुङ मार्गको पूर्व तयारीका लागि यसअघि फागुन १३ देखि २७ गतेसम्म दैनिक ८ घण्टा सडक बन्द गरिएको थियो। सिद्धबाबादेखि पाल्पातर्फ १ हजार १२६ मिटर लामो दुरीको सुरुङ मार्ग निर्माणका लागि ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ।

प्रकाशित मिति : मंगलबार, चैत्र २१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij