लुम्बिनी प्रदेश सरकार ढल्यो : मुख्यमन्त्री लिला गिरीले पाएनन् बिश्वासको मत

लुम्बिनी प्रदेश सरकार ढल्यो : मुख्यमन्त्री लिला गिरीले पाएनन् बिश्वासको मत

बुटवल -लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बिश्वासको मत पाएका छैनन। आज बसेको प्रदेश सभा बैठकमा गिरिले बिश्वासको मत दिन आग्रह गरेपनी बहुमतले अश्विकार भएको छ।
गिरिले सभामा पेस गरेको प्रदेश सभाको बिश्वासको पक्षमा जम्मा ३३ मत परेको छ भने बिपक्षमा ५३ मत परेको छ। गिरि मुख्यमन्त्रीबाट हटेका छन। अब प्रदेश प्रमुखले नया सरकार गठनको आव्हान गर्नेछन।
गिरिलाई एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै समर्थन गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रदेश सभाका ८ दल र १ जना स्वतन्त्र सांसद गरी ५३ सांसदले विपक्षमा मतदान गरेका हुन।
प्रदेश सभामुख तुलबहादुर घर्तीले मतपरिणाम सुनाएसंगै बैठक सकिएको छ।
विपक्षमा मतदान गरेका ५३ जनाले कांग्रेसका डिल्लीबहादुर चौधरीलाई संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाइसकेका छन् ।
माओवादी केन्द्र लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले पहिलो अधिवेशनको नवौं प्रदेशसभा बैठकमा विश्वासको मत लिएका थिए। गिरी पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
८७ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासका मत लिन ४४ सांसद आवश्यक पर्छन् । प्रदेशमा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीका ४/४, जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा) का ३/३, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका १/१ र स्वतन्त्र १ जना सांसद छन् ।

प्रकाशित मिति : सोमबार, बैशाख ११ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij