सहज उपचार पाउने आशा

सहज उपचार पाउने आशा

तस्बिर क्याब्सन ः बुटवल १७ मा निर्माणधिन स्वास्थ्य केन्द्र

बुटवल-रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं १३ र १७ मा १६ शैयाको सामुदायिक अस्पताल बन्ने भएपछि स्थानीयवासी खुसी भएका छन् ।
कुनै समयमा बुटवलपश्चिमलाई बुटवलको कर्णाली क्षेत्रको रुपमा लिने गरिन्थ्यो । पछिल्लो समय बसाइसराइ तिब्रगतिमा भइरहेको छ । जसको कारणले यस क्षेत्रमा जनघनत्व बढ्दो रुपमा छ । बुटवलभन्दा पश्चिम क्षेत्रमा प्रभावकारी सरकारी स्वास्थ्य उपचार केन्द्र नभएको बेला अहिले बन्नलागेको स्वास्थ्य संस्थाबाट नागरिकहरुले सहजरुपमा उपचार पाउने अपेक्षामा छन् । यस क्षेत्रमा लुम्बिनी प्रादेशिक अस्पताल बाहेक अन्य भरपर्दो स्वास्थ्य संस्था नहुँदा समस्या परिरहेकोसन्दर्भमा यो स्वास्थ्य केन्द्रबाट भने सहजता प्राप्तगर्ने विश्वास स्थानीयको छ ।
यस क्षेत्रमा आम्दा, लुम्बिनी प्रादेशिक अस्पताललगायत अन्य अस्पतालहरु बुटवल केन्द्रित भएको अवस्थामा बुटवल पश्चिममा बन्न लागेका यी दुई स्वास्थ्य केन्द्रका कारण यसक्षेत्रका नागरिक उत्साहित छन् ।
यसले यहाँका बासिन्दालाई धेरै राहत मिल्ने र घरदैलोबाट नै सेवा प्राप्त गर्ने अवसर प्राप्त हुनेभएकाले महानगरपालिकाले वडा नं.१७ लाई छनोट गर्नेकार्य अत्यन्त महत्वपूर्ण रहेको बुटवल १७ का स्थानीय ओमबहादुर घिमिरेले बताउनु भयो । उहाँका अनुसार यो केन्द्र १७ नम्बर सेन्टर पनि रहेको र यसले छिमेकी वडा १६, १८ र १९ का नागरिकलाई पनि समेट्ने भएको हुँदा यहाँका जनताको लागि धेरै खुसीको कुरा रहेको छ् ।
बुटवल १७ का स्थानीय अन्जना बराल भन्नुहुन्छ, पुल नबन्दा बत्तीमुनिको अधँेरोजस्तै भएका थियौ । हाम्रा धेरै समस्याहरु थिए । हामीले पुल पनि पायौ अहिले जिवितै हुँदा यस्तो अस्पताल बन्ला र सेवा लिन पाइएला भनेर नसोचेको तर अहिले आँखै अगाडि १६ सैयाको अस्पताल बन्नलागेको देख्दा धेरै खुसी लागेको बताउनु हुन्छ ।
बुटवलक्षेत्र भएता पनि स्वास्थ्यको क्षेत्रमा कमजोर र पछाडी परेको यस स्थानमा स्वास्थ्य केन्द्र बन्नलाग्दा अत्यन्त खुसी लागेको बुटवल १५ की रेनुका खड्काले बताउनु भयो ।
स्वास्थ्योपचारका लागि नजिकमा अस्पताल नहुँदा बिगतमा धेरै नागरिकले अकालमा ज्यान गुमाउनु परेको भन्दै अब कुनै पनि नागरिकले स्वास्थ्योपचार नपाउने समस्या टरेको र सामान्य बिरामी भए पनि टाढा जाने बाध्यता हटेको बुटवल १७ का वडा अध्यक्ष ज्ञानबहादुर रेस्मीले बताउनु भयो । उहाँले नागरिकको स्वास्थ्य सवल हुने, समय र पैसा समेत बचत हुने बताउनु भयो ।
यस केन्द्रलाई समयमै सम्पन्न गर्न बजेट छुटाउनेदेखि अनुगमनको काम प्रभावकारी भए समयमै नागरिकले सहज स्वास्थ्य सेवा पाउने बुटवल वडा नं १३ का अध्यक्ष नारायण पुनले बताउनु भयो । उहाँका अनुसार स्वास्थ्य बिमा गरेका नागरिकहरुले समेत आफ्नो उपचार सहजढंगले पाउन नसकेको, बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा अत्याधिक चापभएको समयमा यी दुई स्वास्थ्य केन्द्र तयार भएपछि त्यहाँको चाप पनि कम हुने र नागरिकहरुले सहज उपचार पाउने छन् ।

एसियाली विकास बैंकमार्पmत जापान सरकारको अनुदानमा प्रतिभवन एक करोड ८० लाख लाग्ने र आगामी डिसेम्बर महिनामा निर्माण सम्पन्न भएर हस्तान्तरण हुने बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताउनुभयो । नगरप्रमुखको विशेष चासोका कारण यी स्वास्थ्य केन्द्र बुटवलमा आएको र यी स्वास्थ्य केन्द्रले बुटवलको स्वास्थ्य क्षेत्रमा थप इटा थप्ने जनस्वास्थ्य प्रमुख पाण्डेले विश्वास व्यक्त गर्नुभयो ।
स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिकल्स सहितका स्वास्थ्यकर्मीहरु रहने र सामान्य देखि अक्सिजन दिएर उपचार गर्नेसम्मका उपचार हुनेछन् । ३÷३ कठ्ठा जग्गामा बनिरहेको स्वास्थ्य केन्द्रमा भवन निर्माणको काम धमाधम भइरहेको र अब इन्टरनल काम मात्रै बाँकी रहेको इन्जिनीयर सोमनाथ अधिकारीले जानकारी दिनुभयो ।

बुटवललाई स्वास्थ्य क्षेत्रमा अग्रणी शहर बनाउनका लागि सानास्तरका देखि विशिष्टीकृत अस्पताल बनाउने योजनाअनुसार स्वास्थ केन्द्र निर्माणको काम जारीरहेको नगरप्रमुख खेलराज पाण्डेले बताउनुभयो । उहाँले उपचारको लागि यस क्षेत्रका बासिन्दाले अन्यन्त्र जानुपर्ने अवस्थाको अन्त्य र त्यससँग जोडिएका वडावासी नागरिक बुटवल आउनुभन्दा अरु बिकल्प नभएको अवस्थामा तिनाउ पश्चिमका नागरिकलाई स्वास्थ्यमा पहुँच पुग्छ भन्ने अपेक्षाले त्यस भूगोलमा स्वास्थ्य केन्द्रको निर्माण गर्न लागिएको हो । उहाँ भन्नुहुन्छ—अहिले स्वास्थ्यको क्षेत्रमा जे जस्तो अवस्था त्यो ठाउँमा छ, अब थप परिवर्तन हुन्छ । त्यहाँ डाक्टरको पनि दरबन्दी कायमगरी पालिकाले कार्यविधि बनाएर अस्पतालको सञ्चालन गर्छौ ।
तस्बिर क्याब्सन बुटवल १७ मा निर्माणधिन स्वास्थ्य केन्द्र

प्रकाशित मिति : सोमबार, असार ४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij