तिलाेत्तमा -“नेपाललाई कफीकाे हव बनाउनु पर्छ । यसका लागि कफीकाे प्रयाेगमा सचेतना जगाउन जरुरी छ । याे १५ दिन छाेटाे समय भएकाेले अब एडभान्स काेर्स गर्नुपर्छ । सीपलाई खेर जान दिनु हुँदैन , तपाईँहरू अब यही सीपकाे प्रयाेग गर्दै उद्यमी बन्नुस् । ” याे भनाइ हाे प्रशिक्षक तिरास लामटांगे मगरकाे । प्रसंग हाे वैदेशिक राेजगारबाट फर्केका व्यक्तिको लागि पुनः एकीकरण कार्यक्रम अन्तर्गत सीप विकास सम्बन्धि १५ तालिमकाे । अाइतबार याे तालिम समापन भएकाे छ । तिलाेत्तमा नगरपालिकाकाे अायाेजनामा सञ्चालित साे तालिममा नगरका २१ जना वैदेशिक राेजगारबाट फर्केका युवाहरूकाे सहभागिता रहेकाे थियाे । तिलाेत्तमा नगरपालिका ३ मा भएकाे साे तालिममा १५ दिनसम्म बारिस्ता (कफी) र बेकरी बनाउन सिकाइको हाे । कार्यक्रमकाे समापन गर्दै उपप्रमुख तथा कार्यक्रम संयाेजक जगेश्वर देवी चाैधरीले अाधारभूत तालिम लिएकाहरूलाई नगरले थप अावश्यक तालिम दिएर दक्ष बनाउने प्रतिवद्धता व्यक्त गरिन् । पछिल्लो समय केक र कफीकाे माग बढी भएकाे भन्दै याे तालिमलाई अगाडि बढाउन सहभागीलाई अाग्रह गरिन् । तालिम लिएपछि पूर्णरूपमा त्यसलाई व्यवहारिक बनाउन अाग्रह गर्दै बजारीकरणका लागि पनि नगरपालिकाले सहयाेग गर्ने बताइन् । कार्यक्रममा अर्का प्रशिक्षक मुकुन्द ज्ञवालीले उद्यमी सृजना गर्न ज्यादै कठिन रहेकाे यसका लागि नगरपालिका र साझेदार संस्था सबै मिलेर जानुपर्ने बताए । कार्यक्रममा वाड नम्बर २ का अध्यक्ष डिलबहादुर भट्टराईले जुनसुकै व्यवसायकाे लागि सानै पूँजीबाट सुरू गर्न अाग्रह गरे । अर्का प्रशिक्षक तुलबहादुर अाेझाले नगरपालिकाले वैदेशिक राेजगारबाट फर्केकालाई समेटेकाेमा हर्षित भएकाे बताए । सबै सहभागीलाई बारिस्ता (कफी)काे लागि एयरपट ५ लिटर ,पिचर ५५० एम एल , ब्लेन्डर , कपसेट, ट्रे , स्टील जग र चम्चा प्रदान अनि बेकरीकाे लागि केक स्ट्यान्ड , चपिङ बाेर्ड , चापड (चाकु) , केक डाईसेट , डाई कपडा , लेमन स्क्रुजर , डाेल्ची , हटकेशजस्ता उपकरण समेत वितरण गरिएकाे हाे । सहभागीहरू कार्यान्वयन समिति सदस्य सन्ताेष अर्याल हरि पाण्डेलगायतले बाेलेका थिए । उद्यमशीलता विकास सम्बन्धि तिनदिने तालिमकाे समापन तथा प्रविधि हस्तान्तरण कार्यक्रमकाे पनि अाइतबार नै समापन भएकाे छ । साे तालिममा उद्यमशीलता प्रवर्द्धन अन्तर्गत वित्तीय साक्षरता , व्यवसायिक याेजना निर्माण , उद्यशीलताकाे अवधारणासम्बन्धि तालिम दिइएकाे नगरले जनाएकाे छ ।
प्रकाशित मिति : सोमबार, असार ४ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्