राष्ट्र ऋण उठाउने विधेयक-२०८० राष्ट्रिय सभाबाट पारित

राष्ट्र ऋण उठाउने विधेयक-२०८० राष्ट्रिय सभाबाट पारित

file

काठमाण्डाै – राष्ट्र ऋण उठाउने विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रिय सभाको आजको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई मूलरूपमै सुझावविना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । याे प्रस्ताव बहुमतले स्वीकृत भएकाे हो ।

विधेयकमाथिको दफाबार छलफलमा सांसदहरुले सार्वजनिक ऋण बढ्दै गएको र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुपातमा सार्वजनिक ऋणको प्रतिशत बढिरहेकाले त्यस्तो ऋणको उपादेयता र प्रयोगमाथि प्रश्न उठाउनुभएको थियो । उहाँहरुले सार्वजनिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगाइ पुँजी सिर्जना गरिनुपर्ने सुझाव दिनुभएको थियो । त्यस बैठकले आर्थिक विधेयक, २०८० पनि पारित गरेको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक साउन १ गते सोमवार दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : शुक्रबार, असार २९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij