अर्घाखाँची – सन्धिखर्क–गोरुसिङ्गे सडक खण्डको नरपानीदेखि पत्थरकोटसम्म चुनढुङ्गा बोक्ने ट्र्रयाक्टर र टिपरमा टाइम कार्ड लागू भएको छ ।
चुनढुङ्गा बोकेका गाडी तीव्र गतिमा चल्दा दुर्घटनाकाे जाेखिम बढेपछि टाइमकार्ड लागू गरिएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।
टाइमकार्ड लागू भएपछि चुनढुङ्गा बोकेका लोड गाडीहरु नरपानीबाट चार घण्टामा पत्थरकोट पुग्नु पर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको वार्षिक समीक्षा कार्यक्रममा गाडी तीव्र गतिमा गुड्ने हुँदा असुरक्षा बढेकाे भन्दै दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड लागू गरिएको रिजालले बताउनु भयाे ।
आर्थिक वर्ष २०७९/८०मा जिल्लाभरि गाडी दुर्घटनामा परि १३ जनाको ज्यान गएकाे रिजालले बताउनुभयो । यस्तै, ट्राफिक नियम उल्लङ्घन गर्ने ६ हजार २ सय १२ गाडीकाे कारबाहीबाट एक वर्षको अवधिमा ३७ लाख २१ हजार रुपैयाँ राजश्व सङ्कलन भएकाे छ ।
प्रकाशित मिति : शनिबार, साउन २७ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्