युवा परिवर्तनका संवाहक हुन : मुख्यमन्त्री चाैधरी

युवा परिवर्तनका संवाहक हुन : मुख्यमन्त्री चाैधरी

 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले युवा परिवर्तनका संवाहक भएकाे बताउनु भएकाे छ । उहाँले आफू युवा हुदा पनि परिवर्तनकाे लागि कमैया मुक्तिकाे आन्दालनमा ठूलाे संघर्ष गरेकाे स्मरण गर्दै युवाहरुकाे संघर्षले मात्रै परिवर्तन सम्भव भएकाे दावी गर्नुभयाे । अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश युवा परिषदले शनिबार रुपन्देहीकाे लुम्बिनीमा आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै मुख्यमन्त्री चाैधरीले प्रदेश सरकारले दुई लाख युवालाई राेजगारीमा जाेड्ने लक्ष्य लिएकाे र युवालाई राेजगारी सिर्जना गर्ने काममा सरकारले सहयाेग गर्ने र त्यसकाे लागि प्रपाेजल बनाएर ल्याउन आग्रह गर्नुभयाे । युवालाई उद्यमशिलतामा कसरी अगाडि बढाउन सकिन्छ, उत्पादनलाई कसरी ब्राण्डिङ गर्ने भन्ने विषयमा चिन्तन गर्न आग्रह गर्दै यसले राेजगारीकाे लागि पलायन भईरहेकाे युवा जनशक्तिलाई राेक्न र देश विकासकाे अभियानमा जाेड्न सकिने उहाँले बताउनु भयाे । यहाँकाे उत्पादन विश्वबजारमा पुर्याउन सकिने बताउंदै प्रतिस्पर्धि क्षमताकाे उत्पादन र ब्राण्डिङमा उहाँले जाेड दिनु भयाे । उत्पादनलाई ब्राण्डङ र मार्केटिङमा सहयाेग गर्न युवा परिषदलाई आग्रह गर्नु भयाे । कार्यक्रममा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले सरकारले लिएकाे लक्ष्यलाई सहयाेग गर्नेगरी काम गर्न परिषदलाई आग्रह गर्दै त्यसमा मन्त्रालयकाे पूर्ण रहयाेग रहने प्रतिवद्धता व्यक्त गर्नुभयाे । त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य पूर्व मन्त्री वसिउद्धिन खाँनले प्रदेशमा जनसंख्याकाे ५० प्रतिशत भन्दा बढी युवा रहेकाे बताउदै युवाकाे भविश्य अगाडि बढाउनकाे लागि आफू सामाजिक विकास मन्त्री रहेकै वेला प्रदेश युवा परिषद गठन गरिएकाे स्मरण गर्नु भयाे । प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गाेविन्दबहादुर खत्रीले युवालाई उद्यमशिलतामा जाेड्नु पर्ने र नेपाली उत्पादनलाई ब्राण्डिङ गर्नुपर्ने भनाई राख्नुभयाे । त्यसमा युवा उद्यमीलाई परिषदकाे साथ रहने र सरकारकाे तर्फबाट पनि पूर्ण सहयाेग रहनुपर्ने भनाई राख्नुभयाे । विभिन्न सामाजिक तथा विकास साझेदार संघसंस्थाकाे समन्वयमा कार्यक्रम गरिएकाे हाे । याे वर्ष ‘दिगाे विकासकाे लक्ष्य प्राप्तीमा युवाकाे साथ, नवप्रवर्तन र उद्यमशिलतामा हरित सीप विकास’ भन्ने नारा सहित अन्तर्राष्ट्रिय युवा दिवस मनाईएकाे छ । त्यस अवसरमा युवा उद्यमशिलता विकासमा याेगदान गरेका प्रदेशका १५ जना उद्यमी तथा संस्थाहरुलाई सम्मान गरिएकाे थियाे ।

प्रकाशित मिति : शनिबार, साउन २७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij