नेपालगन्जको विकासलाई प्राथमिकता दिएको छु : मुख्यमन्त्री चौधरी

नेपालगन्जको विकासलाई प्राथमिकता दिएको छु : मुख्यमन्त्री चौधरी

बाँके – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालगन्जको समग्र विकासमा प्रदेश सरकारले प्राथमिकता दिएको बताएका छन् ।

नेपाली कांग्रेस बाँकेले आज नेपालगन्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘म पनि नेपालगन्जवासी भएकाले यो सहरको विकासका लागि म दत्तचित्त भएर लाग्ने छु, तपाईँहरू पनि आ–आफ्नो स्थानबाट लाग्नुहोस् ।’

नेपालगन्ज सहर पश्चिम नेपालकै केन्द्रविन्दुमा रहेको र लुम्बिनी प्रदेशको प्रमुख औद्योगिक सहरका रूपमा रहेको उल्लेख गर्दै मुख्यमन्त्री चौधरीले नेपालगन्जको समग्र विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

उनले नेपालगन्जको डुबान समस्या र बाँकेमा हुने गरेको राप्ती नदी, मानखोलालगायतका खोलाले गर्दै आएको कटान तथा डुबान न्यूनीकरणका लागि प्रदेश सरकारले आवश्यक योजना बनाएको उल्लेख गरे ।

उनले प्रदेश सरकारले सबै जातजाति, भाषाभाषीको उत्थानका लागि बजेट विनियोजन गरेको जानकारी गराउँदै भने, ‘यहाँका चिडिमार, मगन्तालगायतका लोपोन्मुख जातजाति र समुदायका लागि पनि प्रदेश सरकारले बजेट विनियोजिन गरेको छ, बजेट कार्यान्वयनका लागि आवश्यक पहल गर्नुहोला ।’

मुख्यमन्त्री चौधरीले भने, ‘म तपाईँहरूभन्दा बाहिर छैन, बाँके जिल्ला र समग्र प्रदेशको विकासका लागि के गर्दा राम्रो हुन्छ, तपाईँहरूले दिएको सुझावलाई मैले कार्यान्वयन गर्नेछु ।’

कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बाँके जिल्लामा हुने गरेको डुबान तथा कटान न्यूनीकरणमा विशेष पहल गरिदिन मुख्यमन्त्रीलाई अनुरोध गरेका थिए । मुख्यमन्त्री चौधरी सोमबार नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा आयोजना भएको महाआरतीमा सहभागी भएका थिए ।

प्रकाशित मिति : मंगलबार, साउन ३० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij