बुटवल-समाजवादी मोर्चा नेपालले मंगलबार बुटवलमा सन्देशसभा गर्यो । सभालाइ मोर्चामा संलग्न दलका सिर्ष नेताहरुले सम्बोधन गर्दै परिवर्तन उल्ट्याउन खोज्नेहरुविरुद्ध समाजवादी मोर्चा बनेको र यसले समाजवादको मोडल प्रस्तुत गर्ने उद्घोष गरे ।उनीहरुले सरकारले सुशासनका लागि एक पछि अर्को कदम चालीरहेको र सुशासनका सवालमा अझै धेरै काम गर्ने बताए ।
सन्देशसभालाइ सम्बोधन गर्दै प्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन उल्ट्याउन खोज्नेहरुविरुद्ध समाजवादी मोर्चा बनेको बताए । समाजवादी मोर्चा नेपाल लुम्बिनीले आज बुटवलमा गरेको सन्देशसभालाई सम्बोधन गर्दै उनले प्रतिक्रियावादी शक्तिहरुले जातीय द्धन्द्ध निम्त्याएर परिवर्तन उल्ट्याउने प्रयत्नमा लागेको बताएका हुन । एमाले अध्यक्ष केपी आली प्रति लक्षित गर्दै उनले मोर्चा भन्दा बाहिरका शक्तिहरु नक्कली भएको बताए । ‘यो मोर्चाभन्दा बाहिर रहेका शक्तिहरु नक्कली हुन । पटक पटक संविधान मिच्ने र संसद विघटन गर्ने नेताबाट कुनै आन्दोलनको नेतृत्व हुन सक्दैन’ उनले भने । क
कम्युनिष्ट आन्दोलनका वादहरु विवादमा पुगेकै कारण समाजवादी मोर्चाको आवश्यकता भएको बताए । ‘गणतन्त्र जनताको हुने हो वा बुर्जवाहरुको, श्रमिक वा पूजीपतीहरुको हुने हो, त्यसैको लागि यो मोर्चा बनेको छ’ दाहालले भने । मुलुकमा अहिले परिवर्तन उल्ट्याउन जातीय द्धन्द्ध निम्त्याउन खोजिएको भन्दै उनले समाजवादी गणतन्त्रमा रुपान्तरण गर्नका लागि मोर्चाबन्दी गरिएपछि चौतर्फी घेराबन्दी शुरु भएको दावी पनि गरे । मोर्चाले लाखौं जनता सडकमा उतारेर समाजवादको मोडल प्रस्तुत गर्ने पनि बताए ।
प्रधानमन्त्री दाहालले सरकारमा बस्नका लागि अनुचित काम नगर्ने पनि बताए । आफू प्रधानमन्त्री भएपछि एक महिना पनि टिकिन्न की भन्ने लागेपनि सबैको साथले अहिलेसम्म टिकिराखेको बताए । ‘प्रतिपक्षी साथीले संसदमा अनेक गर्नुभएको छ, तर पनि चिज अगाडि बढेकै छ, बढ्छ’ उनले भने । सरकारमा बस्न कै लागि जे पनि गर्छ की भन्ने भ्रममा नपर्न आग्रह गर्दै भने ‘सुशासनका लागि एक पछि अर्को कदम चालीरहेकै छौं र अझैपनि हेर्दै जानु होला के के हुन्छ’ ।
सभालाइ सम्बोधन गर्दे नेकपा एकिकृत समाजवादीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा कम्युनिष्ट पार्टीहरुप्रति जनताको भरोसा रहेको उल्लेख गर्दै मोर्चामा रहेका तीन पार्टी कम्युनिष्ट नै रहेको र जसपाको पनि इतिहास कम्युनिष्ट नै भएको बताए । समाजवाद र परिवर्तनका लागि मोर्चाको स्पष्ट दृष्टिकोण भएकाले सबैतिर ऊर्जा थपिएको र यो मोर्चाले समाजवादको लक्ष्यका साथ काम गरेको नेता नेपालले बताए ।
सबैप्रकारका विभेदको अन्त्य संगै आर्थिक समाजवादका लक्ष्यका लागि मोर्चामा रहेका ४ वटै दलको स्पष्ट धारणा बनेको भन्दै उनले अब देशव्यापी अभियान चलाउने र सरकार संचालनका लागि स्पष्ट दृष्टिकोण राखेको उल्लेख गरे । ‘प्रतिगमन र प्रतिगनकारी काम र अनुचित कदमका विरुद्ध बनेको मोर्चा हो’ नेपालले भने –‘यसले समाजवादका मान्यता अनुसार अग्रगामी कार्यक्रम मार्फत सहकार्य गर्नेछ ।’
निर्वाचन परिणामले कुनै पनि दलको बहुमत नआएकाले सबै मिलेरै अघि बढ्नुपर्ने अवस्थ रहेको बताए । ‘अहिले कसैको पनि बहुमत छैन, मिलेरै अगाडि बढ्नुपर्छ’ अध्यक्ष नेपालले भने ‘नेकपा एस गठबन्धनलाई बलियो बनाउँदै संविधान र व्यवस्थाको रक्षाका लागि काम गर्ने पक्षमा छ’ । उनले नेकपा एकिृत समाजवादीको कोही कसैँसग एकता गर्ने सम्भावना नरहेको बताउँदै गठबन्धन बलियो बनाउँदै लैजाने पक्षमा रहेको बताए ।
सन्देश सभालाइ सम्बोधन गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चाप्रति चौतर्फी घेराबन्दी भएको बताए । राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको चलखेलबाट नेपालमा नयाँखाले ध्रुविकृत हुने खतरा बढेको भन्दै उनले त्यसलाइ परास्त गर्न समाजवादी मोर्चा बनेको बताए । देशमा सुशासनको कदम चालेकै कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माथि नै षड्यन्त्र हुन थालेको दावी नेता विप्लवले गरे । उनले माओवादी अध्यक्ष प्रचण्डको प्रशंसा गर्दै यो मोर्चा बनाउन धेरै त्याग गरेको बताए । धेरैलाई आश्चर्य लागेको छ, सरकारको नेतृत्व गरेका प्रचण्डको नेतृत्वमा किन मोर्चा बन्यो, नेकपा किन सहभागी भयो, यसमा प्रचण्डको ठूलो त्याग छ, सत्ता र यो मोर्चा फरक हो, उनले भने मोर्चाको लक्ष्य भ्रष्टाचारको विरुद्ध, सुशासनको पक्ष र नेपाली विशेषताको समाजवादतिर लैजान े हो ।
नेता विप्लवले प्रम दाहालकै अगाडि एससीसीका नाममा नेपाल लुट्न नपाइने पनि बताए । बुधबारबाट सुरु हुन लागेको एमसीसी परियोजनाविरुद्ध आफ्नो पार्टी कडाइका साथ लाग्ने बताउँदै उनले भने– नेपालको कानुन, सार्वभौमिकता मिचेर अगाडि बढ्न दिँदैनौ, नेपाललाई निस्वार्थ सहयोग गर्नेको हामीले विरोध गरेको होइन तर शर्तसहितको सहयोग हामीलाई चाहिदैन, समाजवादी मोर्चाले त्यसलाई स्वीकार गर्दैन, अहिलेको अवस्थामा एमसीसी अगाडि बढ्न सक्दैन । यसमा प्रधानमन्त्रीको ध्यान जाओस् ।
सन्देश सभाबाटै मोर्चाको लुम्बिनी प्रदेश समन्वय कमिटी घोषणा गरीएको छ । १२ सदस्यीय कमिटीमा चारै दलका प्रदेश अध्यक्ष सहितका नेताहरु छन । नेकपा माओवादी केन्द्रबाट सुदर्शन बराल,दुर्गाबहादुर थारु र कृष्ण अधिकारी ,नेकपा एकीकृत समाजवादीबाट सोमप्रसाद पाण्डे,मेटमणी चौरधी,निर्मल सुवेदी,नेकपा मओवादीबाट बशन्त श्रेष्ठ,नारायण र सम्झना र जनता समाजवादीबाट नवीनकुमार सुनार,अशोक यादव र मनिकर कार्की छन ।
प्रकाशित मिति : मंगलबार, भाद्र १२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्