एमालेको लुम्बिनी प्रदेश अधिवेशन बुटवलमा सुरु

एमालेको लुम्बिनी प्रदेश अधिवेशन बुटवलमा सुरु

एमाले बिरुद्धको मोर्चाबन्दीमा विदेशी शक्ति केन्द्रहरु खेलेका छन :एमाले उपाध्यक्ष पौडेल

बुटवल-नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बर्तमान सरकार विदेशीको इशारामा चलेको आरोप लगाएका छन । आज देखि बुटवलमा सुरु भएको पार्टीको लुम्बिनी प्रदेश अधिवेशनको उदघाटन समारोहलाइ सम्बोधन गर्दै नेता पौडेलले विदेशी शक्ति केन्द्रको इशारामा चलेको सरकारबाट राष्ट्र र जनताको हित हुन नसक्ने बताए ।
सरकारमा बसेकालाइ एमाले बलियो बल्ला कि भन्ने पिर मात्रै रहेको भन्दै नेता पौडेलले सत्तापक्षले एमाले बिरुद्ध गरेको मोर्चाबन्दीमा विेदशी शक्ति केन्द्रले खेलेको बताए ।‘सत्तामा बस्नेहरुले एमाले बिरुद्ध मोर्चाबन्दी गरीरहेका छन र त्यो मोर्चाबन्दीमा शक्ति केन्द्रहरु खेलेका छन, त्यसलाइ चिर्न पार्टीपंक्ति एकताबद्ध हुन जरुरी छ’नेता पौडेलले भने । सबैतिरबाट घेराबन्दीमा पार्न खोजीएपनि एमालेलाइ चक्रव्युहमा पार्न भने कसैले नसक्ने दावी उनले गरे ।‘एमालेलाइ घेराबन्दीमा पार्न सकिएला तर चक्रव्युहमा पार्न कसैले सक्दैन’ उनले भने ।
आम कार्यकर्ताले सांगठनिक एकता खोजेकाले लुम्बिनी प्रदेश अधिवेशनले हार्दिकता र एकताको सन्देश दिने बताए । एकतामै नेकपा एमालेको भविष्य निर्भर रहेको भन्दै उनले पार्टी र गुट फरक बिषय भएको बताए । ४५ बर्षदेखिको पूर्णकालीन राजनीतिमा आफुले कहिल्यै गुटबन्दी गरेर नहिँडेको दावी पनि पौडेलले गरे ।
एमालेमा अहिले नै केपी ओलीको बिकल्प सोच्न नसकीने भन्दै उनले ओलीको बिकल्पकोे कुरामा सत्यता नभएको पनि बताए । गत चुनावको प्रसंग उल्लेख गर्दै उपाध्यक्ष पौडेलले पार्टी भित्र घात अन्र्तघातको प्रवृत्ति भने बाँकी रहेको बताए । जित्नै पर्ने ठाँउमा हारेको र जितेका ठाँउमा पनि बल्ल बल्ल जितेको अवस्था गत चुनावमा देखियो, एमालेमा रहेर आफनो जिम्मेबारी पुरा नगर्ने, विरोधीसंग गठजोड गर्ने छुट अव कसैलाइ हुनुहुँदैन,विगतका यस्ता कमजोरीको समीक्षा हुनुपदर्छ’नेता पौडेलले भने ।

प्रकाशित मिति : शनिबार, भाद्र १६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij