बुटवल – यतिबेला जताततै हिन्दु महिलाहरुको एउटा महत्वपुर्ण पर्व तीजको रौनक छाएको छ । पछिल्लो समय तीज आउनुभन्दा एक महिना अगाडी देखिनै नेपाली महिलाहरुले तीजको नाचगान र दर खाने कार्यक्रम गरेका छन ।
तीजकै अवसर पारेर नेपाली काङ्ग्रेस वडा समिति तिलोत्तमा (३ रुपन्देहीले तीज मिलन तथा दर खाने कार्यक्रम गरेको छ ।
तिलोत्तमाको बनबाटिकामा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गङ्गा शाहीले तीज एक पौराणिक कालदेखि चलिआएको परम्परा भएको बताउनु भयो । आधुनिक समाजमा तीजको महत्वलाई फरकरुपले व्याख्या गरिए पनि सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा बसी बाँकी जीवन बिताउनु पर्ने र यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको बताउनु भयो ।
कार्यक्रममा काङ्ग्रेस महासमिति सदस्य चित्र केसी, तिलोत्तमा नगर सभापति हरिलाल पान्डे, तिलोत्तमा ३ का वडा सदस्य सीता बिष्ट, महिला संघका वडा सभापति हिरा अधिकारी, वडा समितिका सचिव दिनेश सुवेदी, सहसचिव बिना मल्ल, कोषाध्यक्ष राजु पौडेललगायतले बोल्दै महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न तीज पर्वको ठूलो भूमिका रहेको बताउनु भयो ।
वडा सभापति केशरी पान्डेले नेपाली काङ्ग्रेस वडा समितिले राजनीतिक गतिबिधी सङ्गै राजनीतिक र सामाजिक गतिबिधी सङ्ग सङ्गै मौलिक र सास्कृतिक पर्वहरुको जगेर्ना गर्ने कार्य पनि गर्दै आइरहेको बताउनु भयो ।
तीज मिलन तथा दर खाने कार्यक्रममा वडाका महिला पुरुष गरि करिव ३०० जनाको सहभागिता रहेको वडाका उपसभापती पदम पौडेलले जनकारी गराउनु भयो । कार्यक्रममा रमाइलो नाचगान सहित सहभागिहरुलाइ दर खुवाइएको थियो ।
प्रकाशित मिति : शुक्रबार, भाद्र २२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्