सिद्धार्थनगरको विकासमा पर्यटनलाई मुख्य प्राथमिकता

सिद्धार्थनगरको विकासमा पर्यटनलाई मुख्य प्राथमिकता

भैरहवा । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वारका रुपमा रहेको सिद्धार्थनगर नगरपालिकाको सोमबार सम्पन्न तेस्रो नगरसभाले पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै नगरलाई पर्यटकीय नगरका रुपमा विकास गर्ने घोषणा गरेको छ ।

सभाले नगर क्षेत्र भएर बग्ने डण्डाखोला क्षेत्रलाई जल पर्यटन क्षेत्र घोषणा गर्दै त्यहाँ पार्क निर्माणका लागि रु एक करोड विनियोजन गरेको छ ।

नगरसभाले नेपाल—भारत सीमा नाका बेलहियामा लुम्बिनी झल्किने प्रवेशद्वार निर्माण गर्ने, डण्डा खोलामा बोटिङ सञ्चालन गर्ने, बेलहियादेखि भैरहवासम्मको सडकको दुवैतर्फ बुद्धमूर्ति राख्ने र सिद्धार्थनगरभित्रका सबै घरमा गेरु रंग लगाउने गरी विभिन्न योजना अगाडि सारेको छ । नगरसभामा नगर प्रमुख हरिप्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको आव २०७५/०७६ का लागि रु दुई अर्ब ४९ लाख ८१ हजार बराबरको बजेट पारित गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत ख्यामबहादुर थापाले जानकारी दिए ।

सिद्धार्थनगरले आगामी वर्ष नगरमा बसोबास गरिरहेका ८५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको सम्मानका लागि घरघरमा गई स्वास्थ्य परीक्षण गर्ने गरी बजेट पारित गरेको छ ।

यसैगरी, नगरलाई हरितनगरको रुपमा विकास गर्नका लागि वृक्षरोपणसम्बन्धी विशेष कार्यक्रम तयार पारी पाँच वर्षभित्रमा सबै सडक छेउ, खाली सार्वजनिक र ऐलानी जग्गामा वृक्षरोपण गरिने, महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने, दाइजोप्रथा, महिला हिंसा, बालविवाह रोक्ने गरी कार्यक्रम अगाडि बढाउने गरी प्रस्ताव पारित गरेको छ ।

सभाले नेपाल सरकारबाट जारी भएको भू­उपयोग नीतिको कार्यान्वयन तथा निजी क्षेत्रबाट संचालन गरिने जग्गा विकास कार्यलाई प्रभावकारी र व्यवस्थित गर्न आवश्यक पहल गरिने गरी प्रस्ताव पारित गरेको छ । सभामा लक्षित तथा समावेशी विकासतर्फ पनि विशेष महत्वका साथ स्थान दिइएको छ ।

करेसाबारी, कौसीखेती टोलटोलमा बोटबिरुवा रोप्ने नीति अवलम्बन गरिने, हाटबजारमा सामुदायिक भवनअन्तर्गत व्यवस्थित बजार निर्माण गर्ने, प्रदेश सरकारले बजेटमा उल्लेख गरेअनुसार नगरका जनप्रतिनिधिलाई तलब तथा सेवासुविधा प्रदान गर्नेलगायतका दर्जनौँ प्रस्तावमाथि नगरका सदस्यले दफावार छलफल गरी पारित गरेका हुन् ।

यस्तै, नगरसभाको अवसरमा पत्रकार नरेश केसीलाई सम्मान गरियो । ‘लुम्बिनीखबर’ पत्रिकाका सम्पादक केसीलाई सिद्धार्थनगरको समग्र विकासका लागि पत्रकारिताको माध्ययमबाट उल्लेखनीय योगदान दिएको भन्दै नगरको तेस्रो सभाको अवसरमा नगद रु ५० हजारसहित नगरप्रमुख हरिप्रसाद अधिकारी, उपप्रमुख उमा काफ्लेसहितले नगद, प्रमाणपत्रसहित सम्मान गरेका थिए।

रुपन्देही जिल्लामा नगदराशिका हिसाबले सबैभन्दा ठूलो पुरस्कार मानिएको उक्त पुरस्कार पाउने पत्रकार केसी भैरहवाबाट हिमालय टिभी, दैनिक लुम्बिनी र नेपाल समयका लागि समाचारदाताको रुपमा समेत काम गर्दै आएका छन्।

प्रकाशित मिति : मंगलबार, असार १९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij