देशभरको मौसम बदली:आज यी प्रदेशमा हल्कादेखि भारी वर्षा

देशभरको मौसम बदली:आज यी प्रदेशमा हल्कादेखि भारी वर्षा

काठमाण्डाै – देशभरको मौसम बदली भएको छ । आज र भोलि देशभरकै मौसम बदली हुने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् गोविन्द झाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज देशका अन्य ठाउँमा पनि पानी पर्ने सम्भावना छ । आज गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद् झाले जानकारी दिनुभयो ।

यस्तै, भोलि कोशी, मधेस र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । अन्य ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ । भोलि पनि देशभरको मौसम बदली हुने मौसमविद् गोविन्द झाले बताउनुभयो । पानी पर्ने सम्भावना रहेकाले तत्काल धान नकाट्न पनि किसानलाई मौसविद्ले सुझाव दिएका छन् ।

काटेको धानमा पानीले नोक्सानी गर्न सक्ने भएकाले नकाट्न सुझाव दिइएको हो । मौसमविद् गोविन्द झाका अनुसार पर्सिदेखि भने मौसम खुल्दै जाने सम्भावना छ ।

प्रकाशित मिति : मंगलबार, असोज १६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij