नेपालगञ्जमा दिउँसोको समयमा कर्फ्यु हट्यो : बेलुका ८ बजेपछि कायमै, निषेधाज्ञा जारी

नेपालगञ्जमा दिउँसोको समयमा कर्फ्यु हट्यो : बेलुका ८ बजेपछि कायमै, निषेधाज्ञा जारी

काठमाण्डाै – बाँकेको नेपालगञ्जमा दिउँसोको समयमा कर्फ्यु हटेको छ । अस्तिदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु दिउँसाेकाे समयमा हटाइएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना निकालेर बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्मका लागि नेपालगञ्ज क्षेत्रमा लगाइएको कर्फ्यु हटाएको जनाएको छ । बेलुका ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने कर्फ्यु कायमै रहेको सूचनामा उल्लेख छ । कर्फ्यु आंशिक रुपमा हटाइए पनि निषेधाज्ञा भने जारी छ ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभयो ।

कर्फ्यु आंशिक रुपमा हटेसँगै बाँकेको नेपालगञ्जको अवस्था सामान्य बन्दै गएको छ । हिजो/अस्तिको तुलनामा आज नेपालगञ्जमा चहलपहल केही बढेको छ । हिजो बसेको सर्वपक्षीय बैठकले कर्फ्यु खुकुलो बनाउँदै लगेर हटाउने निर्णय गरेको थियो ।

यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्तिसुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुन सबै पक्षलाई अपिल गरेको छ ।

 

प्रकाशित मिति : बिहिबार, असोज १८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij