नेपाली काग्रेसको लुम्बिनी प्रदेश सम्मेलनको तयारी तिब्र

नेपाली काग्रेसको लुम्बिनी प्रदेश सम्मेलनको तयारी तिब्र

बुटवल-यही मंसिर १६ र १७ गते बुटवलमा हुन लागेको नेपाली काँग्रेसको लुम्बिनी प्रदेश सम्मेलनको तयारी तिब्र पारीएको छ । आइतबार बुटवलमा सम्मेलन सम्पन्न गर्न गठन गरीएका बिभिन्न समिति तथा उपसमितीहरुको भेला गरी सम्मेलनलाइ भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरीएको छ । स्वयमसेवक समितिका संयोजक शान्ति शर्माको अध्यक्षता र नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापती अमरसिंह पुनको प्रमुख आतिथ्यतामा विभिन्न समिति उपसमितिका संयोजक तथा सदस्यहरुको भेलाले सो निर्णय गरेको हो ।

सम्मेलनको उद्घाटन बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन् । सम्मेलनमा नेता शेखर कोइराला, उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, कानुनमन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेता पनि आउने उनले बताए । कांग्रेसले देश संघीयतामा गएपछि पहिलो पटक प्रदेश सम्मेलन गर्न लागेको हो ।

प्रकाशित मिति : सोमबार, मंसिर ११ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij