काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।
आयोगले प्रहरी नायब निरीक्षक साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनाका लागि सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा आयोगको नेपालगञ्जबाट गएको टोलीले पक्राउ गरेको हो ।
आयोगले साउदलाई ३० हजार बराबरको घुस लिँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय मैनापोखरबाट आज पक्राउ गरेको हो । आरोपी प्रनानी साउदमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
प्रकाशित मिति : मंगलबार, मंसिर १२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्