कुलतबाट बच्न लुम्बिनीमा लागुऔषध सम्बन्धी सडक नाटक सुरु

कुलतबाट बच्न लुम्बिनीमा लागुऔषध सम्बन्धी सडक नाटक सुरु

 

रुपन्देहीको लुम्बिनीमा कुलतमा लाग्न नदिन नगरपालिकाले विशेष अभियान थालेको छ ।लुम्बिनीमा पछिल्लो समय युवा,युवतीहरु बढि लागुऔषध सेवन गर्ने गरेकाले लुम्बिनी साँस्कृतिक नगरपालिकाले लागुऔषध दुव्र्यसनी सम्बन्धी सडक नाटक आइतबार देखि सुरु गरेको हो ।लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.९को खुदावगर माध्यमिक विधालय,वडा न.७को कर्महवा मावि,वडा न.६को पर्साचोकमा सडक नाटक गरिएको आयोजकले जनाएको छ ।अवध थिएटर रुपन्देहीको प्रस्तुतिमा भएको सडक नाटक कार्यक्रममा जनप्रतिनिधी, विधार्थीहरु एवं आम जनताको सहभागिता रहेको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धीन मुसलनमानले स्कुले विधार्थीहरु,युवा युवतीहरु बढि कुलतमा लागेको समाचार आएकाले यसको रोकथाम र नियन्त्रणका लागी प्रयास थालिएको बताए ।लागुऔषधले मानवीय क्षेती संगै समाजमा विकृति फैलाउन टेवा दिने बताउँदै मेयर मुसमानले यसको नियन्त्रणका लागी सम्बन्धी सवै निकाय उत्तिकै जिम्मेबार बन्नुपर्ने उल्लेख गरे ।आगामी दिनमा समेत यि यस्ता सचतेनामुलक कार्यक्रमले निरन्तरता बताए ।

कार्यक्रममा बालबालिका भोलीका कर्णधार भएकाले हेरचाह र नैतिक शिक्षा दिनु आजको आवश्यकता रहेको नगरपालिका उपमेयर कल्पना हरिजनले बताईन् । अभिभावकले आफना सन्तानहरुलाई बढि हेरचाह गर्नुपर्ने बताउँदै नगरपालिकाबाट कुलतमा लाग्न लागेका,फसेकाका लागी लक्षित सचेतनामुलक कार्यक्रम गरेको औँल्याईन् ।

नगरपालिकाका सल्लाहकार मोहम्मद सईद खाँले लागुऔषध दुव्र्यसनीले व्यक्तिलाई मात्र नभई समाजलाई खराब बनाउने हुँदाको यसको नियन्त्रण गर्न सबै जिम्मेवार बन्नुपर्ने बताए ।

कार्यक्रममा नगरपालिकाका न्यायिक समिति सदस्य तथा लुम्बिनी नवयुवा क्लबका अध्यक्ष अहम्मद हुसेनले समाजमा हुने विकृति धेरै जसो लागुऔषध सेवनले हुने बताएका छन् ।विधार्थीहरु तथा युवाहरुमा बढि लत कुलतको लागेको हुँदा यसो नगर्न लुम्बिनीका विभिन्न ठाउँमा सडक नाटक गरिने समेत हुसेनले बताए ।

कार्यक्रममा जनप्रतिनिधी,नगरपालिकाका शाखा प्रमुख लगायतको समेत उपस्थिति रहेको थियो ।लागुऔषध दुव्र्यसनी सम्बन्धी सडक नाटक आगामी मंसिर ३० गते सम्म लुम्बिनीका विभिन्न ठाउँमा सञ्चालन हुने बताईएको छ ।

प्रकाशित मिति : आइतबार, मंसिर १७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij