वनकाे सुरक्षा र संरक्षण गर्नु सबैकाे कर्तव्य भएकाे एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । उनीहरूले वनमार्फत समुदायको अार्थिक अवस्थामा पनि धेरै सुधार भएकाे बताएका हुन् । अाइतबार शंकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलाेत्तमा १-४ काे २३ अाै साधारणसभा बाेल्ने वक्ताहरूले वन संरक्षणमा महिलाहरूकाे भूमिका अझ उल्लेखनीय रहेकाे बताएका हुन् ।
अाइतबार कार्यालयमा अायाेजित कार्यक्रममा प्रमुख अतिथि तिलाेत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चाैधरीले वन सबैकाे स्वास्थ्यका लागि अावश्यक रहेकाे बताएकी छन् । जति धेरै हरियाली बनाउन सक्याे त्यति नै धेरै मानिसलाई फाइदा हुने बताइन् । उनले बढी नाफा कमाउनुभन्दा सामाजिक काम गरी समुदायलाई सहयाेग गर्नुपर्ने र सामुहिक रूपमा काम गर्दा सहज हुने बताइन् । उनले कानून सबैले मान्न जरुरी रहेकाे बताइन् ।
कार्यक्रममा बाेल्दै नेकपा एमाले तिलाेत्तमा नगर अध्यक्ष तामनाथ पाण्डेले छाडा चाैपायाकाे दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने बताउँदै सबैजना मिलेर काम गरेमा सफल हुने बताए ।
रामनगर सामुदायिक वनका अध्यक्ष रूद्र बहादुर हमालले हरेक कामका लागि वन चाहिने हुँदा हरेक क्षेत्रले वनलाई सहयोग गर्नुपर्ने बताए ।
शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले अब यश वनमा जंगल सफारी गरेमा अाम्दानी वृद्धि हुने बताए ।
शंकरनगर खानेपानी उपभोक्ता सरसफाइ संस्थाका अध्यक्ष झविन्द्र भण्डारीले नर्सरीलाई व्यापक बनाएर बढीभन्दा बढी अाम्दानी गर्नकाे लागि सुझाव दिए ।
वनका कानुनी सल्लाहकार खुमाकान्त पाैडेलले काठ दाउरा मात्रै नबेचेर सामाजिक काममा पनि बढी सक्रिय हुनुपर्ने बताए ।
महिला पार्सदकाे तर्फबाट शारदा भण्डारीले वनकाे सुरक्षा र संरक्षण गर्दै वनले विभिन्न समयमा धेरै कुरा सिकाएकाे बताइन् ।
पुरूष पार्षद लाेकनाथ पाण्डेले वन सामाजिक काममा धेरै अगाडि बढेकाे बताए ।
महिला उप समूहबाट गिता बस्यालले चुलाेचाैकाेमा मात्रै सिमित रहने महिला अाज वनमा सक्रिय भएकै कारण वन संरक्षण गर्दै अार्थिक क्षेत्रमा धेरै अगाडि बढेकाे बताइन् ।
नेपाली कांग्रेस नगर सभापति तथा करहिया सामुदायिक वनका अध्यक्ष हरिलाल पाण्डेले वनमा धेरै समस्या रहेकाे बताउँदै प्रदेश सरकारले काठ कटान र बिक्रीवितरणमा २५% कर लगाउँदा मर्कामा परेकाे बताए ।
इकाे क्लव सिद्धार्थ इंगलिस बाेडिङ स्कुलका मेरिना गुरूङले वनमार्फत धेरै कुरा सिक्न पाएकाे बताउँदै विद्यालयमा प्लास्टिक निषेध गरेकाे बताइन् ।
कार्यक्रममा वनका अध्यक्ष रविन्द्र बस्नेतले अध्यक्षकाे वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यसैगरी काेषाध्यक्ष भुवन अाचार्यले काेषकाे प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले २०७९ काे एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने तिलाेत्तमा १-४ का १० जना विद्यार्थीलाई नगर र प्रमाणपत्रले सम्मान गरेकाे थियाे ।
पदाधिकारीहरू अध्यक्ष रविन्द्र बस्नेत , उपाध्यक्ष कमला ज्ञवाली , सचिव कालिका अधिकारी र काेषाध्यक्ष भुवन अाचार्यबाट रू १० हजारका दरले रकम संकलन गरि तिलाेत्तमा १-४ का ८ जना अति विपन्न विद्यार्थीहरूलाई प्रति विद्यार्थी रू ५ हजारका दरले छात्रवृत्ति रकम प्रदान गरिएको थियाे । अध्यक्ष रविन्द्र बस्नेतकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सचिव कालिका अधिकारीकाे सञ्चालन र उपाध्यक्ष कमला ज्ञवालीले स्वागत गरेकी थिइन् ।
वनकाे कूल ५८४.६० हेक्टर क्षेत्रफल रहेकाे छ ।
प्रकाशित मिति : आइतबार, मंसिर १७ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्