पश्चिम नवलपरासीकाे बर्दघाटमा गायक तथा सर्जक बिन खातीको बुद्ध मगंल तालको श्रव्य दृश्य सामग्री सार्वजनिक भएको छ । बुधबार बर्दघाटमा अायाेजित एक कार्यक्रममा खातीको साे गीतकाे श्रव्य दृश्य सार्वजनिक गरिएकाे हाे ।
कार्यक्रममा बाेल्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले शिक्षा , स्वास्थ्यसँगै पर्यटन क्षेत्रलाई महत्त्व दिएमा कुनै पनि ठाउँकाे विकासले फड्को मार्ने बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उनले
लुम्बिनी, रामग्रामबाट आउने पर्यटकहरूलाई बुद्ध मंगलतालसम्म ल्याउन सकेमा धेरै प्रभावकारी हुने दावी गरे । उनले यस पर्यटकीय स्थानकाे बारेमा सांगीतिक वर्णन गरेकाे गायकप्रति अाभार व्यक्त गरेका छन् । यसैगरि सबैले अा अाफ्नाे तर्फबाट तालकाे प्रचारप्रसारमा लाग्न अाग्रह गरे ।
पर्यटकीय एेतिहासिक एवम् धार्मिकरूपमा पवित्र स्थल साे तालकाे प्रचार प्रसार सबै क्षेत्रबाट प्रभावकारी ढङ्गले गर्न अाग्रह गर्दै वाड नम्बर १२ मा रहेकाे साे तालकाे विकासका लागि नगरले ३५ लाख रुपैयाँ छुट्याएकोसमेत बताए ।
गायक खातीले साे सांगीतिक काेशेली हेर्न र तालकाे अवलोकन गरी सबैले प्रचारप्रसार गरेर अान्तरिक र बाह्य पर्यटक भित्र्याउनजरुरी रहेकाे बताए ।
साे गीतमा एेतिहासिक र पर्यटकीय बुद्ध मगंल तालको बारेमा वर्णन गरिएकाे छ । साे गीतमा बिन खातीसँगै राधिका हमालले स्वर दिएकी छन् ।
चर्चित लाेक दाेहारी गीतहरू हङकङ मलाय , मिर्मिरेको घाम , दियो कलशजस्ता गीतहरूबाट चर्चा कमाएका खातीले पछिल्लो समय साे गीत र पुस्तक बजारमा ल्याएका हुन् । उनले अहिलेसम्म करिब ८०० गीत गाइसकेका छन् ।
कार्यक्रममा बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रसाद उपाध्याय , वडा नं १२ का अध्यक्ष उमाशंकर चौधरी , पूर्व अध्यक्ष मान बहादुर मल्ल , पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्मा , पूर्व अध्यक्ष केशब पराजुलीलगायतले भनाइ राखेका थिए ।
प्रकाशित मिति : बिहिबार, पुष ५ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्