माघ २७ गते बुटवलमा मिष्टर एण्ड मिस विश्वकर्मा – २०८० हुने

माघ २७ गते बुटवलमा मिष्टर एण्ड मिस विश्वकर्मा – २०८० हुने

बुटवल- बि ब्रोस इन्टरटेनमेण्ट प्रा.लि. को आयोजनामा बुटवलमा मिस्टर एण्ड मिस विश्वकर्मा – २०८० प्रतियोगिता हुने भएको छ ।  बुटवलमा शुक्रबार पत्रकार सम्मेलनमा  संस्थाका अध्यक्ष तथा मोडल सञ्जय विश्कर्माले १६ वर्ष उमेरदेखि २९ वर्षका विश्वकर्मा समुदायका युवायुवतीहरुलाई लक्षित गर्दै उनीहरुको अन्तरनिहित क्षमताको प्रष्फुटन, नेतृत्व विकास र उत्थानका लागि प्रा.लि.ले व्युटी प्यासन प्रतियोगिताको आयोजना गर्न लागेको बताए ।
उक्त कार्यक्रमका लागि अनलाइन अडिसन धमाधम सुरु भईरहेकोले प्रतियोगीताको लागि तालिम यही माघ १० गतेदेखि २६ गतेसम्म  बुटवलमा सञ्चालन हुनेछ । फाइनल प्रतियोगितामा विजेता हुने  मिष्टर एण्ड मिस प्रतियोगीले नगदसहित विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछन् । यही माघ २७ गते बुटवलमा फाइनल प्रतियोगिता हुने लुम्बिनी प्रदेशका प्रतिनिधि अलिसा गहतराजले बताइन् ।
विजेता १÷१ जना मिष्टर एण्ड मिस प्रतियोगीले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै काठमाडौंमा हुने राष्ट्रियस्तरको प्रतियोगीतामा भाग लिन पाउनेछन् ।

प्रकाशित मिति : शुक्रबार, पुष २७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij