सरकारभन्दा तस्कर चलाख हुँदा सुन तस्करी बढ्याे : भन्सार विभाग

सरकारभन्दा तस्कर चलाख हुँदा सुन तस्करी बढ्याे : भन्सार विभाग

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आइतबार भन्सार विभागले त्रिपुरेश्वरमा आर्थिक पत्रकारसँग भन्सार प्रक्रिया तथा सुधार विषयक अन्तरक्रिया कार्यक्रममा भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल पत्रकारले गरेको जिज्ञासाको जानकारी दिँदै ।

काठमाण्डाै – भन्सार विभागले सरकारभन्दा तस्कर चलाख हुँदा सुन तस्करी नियन्त्रण गर्न नसकेको बताएको छ । आज विभागमा भएको छलफलमा महानिर्देशक शोभाकान्त पौडेलले सरकारले तस्करी नियन्त्रण गर्न विभिन्न उपाय र प्रविधिको प्रयोग गरे पनि तस्कर झन् धेरै चलाख हुँदा चोरीपैठारी नियन्त्रणमा समस्या आएको बताउनुभएको हो ।

सुन तस्करी प्रकरणपछि विभागले चलाखीपूर्ण तरिकाले काम गरिरहेको तर पनि तस्करी पूर्णरूपमा रोक्न नसकेको उहाँले स्वीकार गर्नुभयो । ‘हामीले प्रयोग गरेको उपाय र प्रविधिभन्दा सुन तस्करले नयाँ नयाँ प्रविधिको प्रयोग गरेको पाइयो, जुन देशमा कमजोरी छ, त्यही देशमै उनीहरू केन्द्रित हुने रहेछन्’, महानिर्देशक पौडेलले भन्नुभयो ।

विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि भन्सारले किन थाहा नपाएको भन्ने प्रश्नमा महानिर्देशक पौडेलले सुन तस्करीमा भन्सारको मात्रै नभई विमानस्थलमा खटिने अनुसन्धानका कर्मचारी, प्रहरी प्रशासन, विमानस्थलको कर्मचारी प्रशासन लगायतको पनि कमजोरी रहेको जवाफ दिनुभयो । विश्वका विकसित देशबाट पनि सुन तस्करी भएर नेपाल आएको उदाहरण दिँदै उहाँले नेपालको  भन्सार विभागलाई मात्रै खत्तम नभन्न आग्रह गर्नुभयो ।

महानिर्देशक पाैडेलले सुन तस्करी नियन्त्रणमा खुला सीमा अर्को चुनौती रहेको बताउनुभयाे । भन्सार जाँचपास प्रक्रियालाई सहज बनाउन धातु एक्स–रे मेशिन खरिद आवश्यक रहेको उहाँले बताउनुभयाे । समग्र शासन प्रणाली सुधार भए भन्सार प्रणाली पनि क्रमशः सुधार हुने उहाँकाे भनाइ छ ।

प्रकाशित मिति : आइतबार, माघ ७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij