राष्ट्रियसभामा लुम्बिनीबाट गठबन्धनका उम्मेदवार सापकोटा र सुवेदी विजयी

राष्ट्रियसभामा लुम्बिनीबाट गठबन्धनका उम्मेदवार सापकोटा र सुवेदी विजयी

काठमाडौं : राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट गठबन्धनका उम्मेदार विजयी भएका छन्। आजै भएको निर्वाचनपछि भएको मतगणनामा  महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन्।

 

 

सापकोटाले ५४३५ मत भार पाएर विजयी हुँदा प्रतिस्पर्धी  एमालेकी तुलसा केसीले २८६७ मत पाइन्।

यस प्रदेशमा नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, तुलसा कुमारी केसीले उम्मेदवारी दिएका थिए भने राप्रपाबाट विजया लक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी उम्मेदवार थिए।

राष्ट्रियसभा सदस्यका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ।

लुम्बिनी प्रदेशमा दुईजनाको पदमा ६ जनाले प्रतिस्पर्धा गरेका थिए। अन्य तर्फको मत परिणाम औपचारिक रुपमा घोषणा हुन बाँकी छ।

 

प्रकाशित मिति : बिहिबार, माघ ११ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij