बुटवल, माघ २७ — बुटवल सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाइस्कुलले हरेक बर्ष संचालन गर्दै आएको दीप गायन तारा प्रतियोगिता आगामी फागुन ४ र ५ हुने भएको छ । बिद्यालयले हरेक बर्ष स्थापना दिवसको अवसर पारेर जिल्ला स्तरीय अन्तर मा.वि. दीप गायन तारा प्रतियोगिता संचालन गर्दै आएको छ ।
यो बर्ष बिद्यालयको ४३ औं स्थापना दिवसको अवसर पारेर एघारौं संस्करणको दीप गायन तारा गर्न लागीएको बिद्यालयले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । बिद्यालयका प्रचार्य टिकाराम न्यौपानेले रुपन्देहीका माध्यामिक बिद्यालयमा कक्षा १२ सम्म अध्यनरत बिद्यार्थीहरुलाइ प्रतियोगितामा सहभागी गराइने जानकारी दिनुभयो ।
विद्यार्थीहरुकोे गायन प्रतिभालाई उजागर गर्दै उनीहरुलाई भविष्यमा राम्रो कलाकार बनाउने उद्देश्यले जिल्ला स्तरीय दीप गायन तारा कार्यक्रम गर्दै आएको प्राचार्य न्यौपानेले बताउनु भयो । प्रतियोगितामा पहिलो दोश्रो,तेश्रो र सान्त्वना दुइ जना गरी उत्कृष्ट पाँच जनालाइ नगद सहित पुरस्कारको व्यवस्था गरीएको प्रचार्य न्यौपानेले बताउनु भयो । प्रतियोगितामा जिल्लाका ५० भन्दा धेरै माध्यामिक बिद्यालयका छात्रछात्राले भाग लिने अपेक्षा आयोजकको छ ।
प्रतियोगिता पहिलो,दोश्रो र तेश्रो गरी तीन चरणमा संचालन गरीने छ । पहिलो चरणमा प्रतियोगिले संगीत बिना अर्थात ट्रयाक बिनै गित गाउनु पर्नेछ । पहिलो चरणबाट उत्कृष्ट २० जना छनौट भइ दोश्रो चरणमा जानेछन । दोश्रो राउण्डमा प्रतियोगिले ट्रयाक सहित गीत गाउनुपर्ने छ । दोश्रो चरणबाट उत्कृष्ट पाँच प्रतियोगी फाइनलकालागि छनौट हुनेछन ।
दीप गायन ताराको उपाधी विजेताले नगद ३० हजार,सिल्ड,मेडल र प्रमाणपत्र पाउनेछन । दोश्रो पुरस्कार २० हजार नगद सहित सिल्ड,मेडल र प्रमाणपत्र रहेको छ । तेश्रो हुनेले १० हजार सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । सान्त्वना दुइ जनालाइ नगद २ हजार सहित सिल्ड,मेडल र प्रमाणत्र प्रदान गरीने बिद्यालयका शिक्षक तथा प्रतियोगिता संयोजक बालकृष्ण पाठकले जानकारी दिनुभयो । प्रतियोगितालाइ निस्पक्ष र विवाद रहित बनाउन बिद्यालयका तर्फबाट प्रतियोगि नपठाइने पनि बताउनु भयो ।
बिद्यालयले संचालन गरेको दीप गायन ताराका यसअघिका बिजेताहरु अहिले कलाकारिताको क्षेत्र राष्ट्रिय स्तरमै स्थापित हुन सफल भएका छन । यसअघि दीप गायन ताराको उपाधी पाउनेमा अस्मिता चापागाइ,प्रिया भण्डारी,अक्सर अली,जुना गुरुङ,नविन परियार,दीप्सन श्रेष्ठ,बर्षा परियार,सक्सेस पाण्डे,कुशल आर्चाय र विवेक पङगेनी छन ।
बिद्यालयले गुणस्तरीय शिक्षा संगै अतिरिक्त क्रियाकलापहरु मार्फत बिद्यार्थीहरुमा अन्र्तनिहित क्षमताको प्रष्फुटन गर्ने उद्येस्यले हरेक बर्ष दीप गायन तारा संगै नगर,जिल्ला र राष्ट्रव्यापी कविता लेखन प्रतियोगिता,वक्तृत्वकला, वादविवाद,निबन्धलेखन,चित्रकला,भलिबल लगायतका प्रतियोगिताहरु संचालन गर्दै आएको प्राचार्य न्यौपानले बताउनु भयो ।
प्रकाशित मिति : सोमबार, माघ २९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्