पाल्पा – पाल्पामा हिजो भएको जीप दुर्घटनामा ज्यान गुमाएकाहरूको शोकमा तिनाउ गाउँपालिकाले आज बिदा दिएको छ । शोक मनाउने निर्णय गर्दै गाउँ कार्यपालिकाको बैठकले पालिकाका सम्पूर्ण शिक्षण संस्था तथा पालिका मातहतका कार्यालयहरूमा बिदा दिएको हो ।
गाउँपालिकाको वडा नम्बर ६ मा जीप दुर्घटना हुँदा १० जनाको ज्यान गएको थियो । ज्यान गुमाउनेमध्ये पाँच जना तिनाउ गाउँपालिकाभित्रैका हुन् । पाँच जनाका परिवारलाई गाउँपालिकाले जनही ३५ हजार रुपैयाँ सहयोग गर्नेसमेत घोषणा गरेको छ । दुर्घटनामा आठ जनाको घटनास्थल र दुई जनाको उपचारको क्रममा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका १६ जनाको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
जीपका चालक पाल्पाको तानसेन नगरपालिका–१० का दानबहादुर चिदीलाई पक्राउ गरेर घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । क्षमताभन्दा बढी यात्रु र सामान बोकेको जीपले उकालोमा तान्न नसकेपछि पछि हटेर सडकबाट खसेको स्थानीयले बताएका छन् ।
हिजो तानसेन–बुटवल सडक खण्डमा पर्ने सिद्धार्थ राजमार्गको डुम्रेबाट तिनाँउ गाउँपालिकाको चिदिसातर्फ गुडिरहेको लु १ ज २३७१ नम्बरको जीप दुर्घटना भएको हो ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन ३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्