दलित संघ बुटवलको बैठक मोतिसम्पन्न

दलित संघ बुटवलको बैठक मोतिसम्पन्न

नेपाल दलित संघ बुटवल उपमहानगरपालिकाको आयोजनामा बुटवल १७ मा शनिबार बृहत बैठक  सम्पन्न भएको छ । नेपाल दलित संघ  बुटवलका  अध्यक्ष थान बहादुर विश्वकर्माको अध्यक्षतामा  सम्पन्न बैठकमा बुटवल उपमहानगरपालिका का वडा नम्बर १७ ,१८ र १९ का पार्टि सदस्य ,दलित अगुवा तथा भातृ संगठनमा आवद्ध व्यक्तिहरुको बैठकले दलित संगठनलाई सशक्त बनाउने बिषयमा छलफल गरेकाछन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपाली कांग्रेस लुम्बिनी प्रदेस सदस्य रबि विश्वकर्मोले समाजमा अझैपनि जातको नाममा विभेद  नहटेको र दलित समुदाय पछाडि परेका बताउदै समाज परिबर्तन गर्न को लागि विभेदरुपी सोचहरु बदल्न जरुरी रहेको बताउनुभयो ।आगामी दिनमा दलित समुदायका मुद्धाहरुमा मिलेर वकालन गर्नको लागी पनि सम्पुर्ण दलित संघ एकताबद्ध र संगठित हुनुपर्ने धारणा राख्नुभयो ।
नेपाली कांग्रेस बुटवल १७ का सभापती ओम बहादुर घिमिरे बाबुराम ले दलितहरुमाथिको कुनै पनि प्रकारको दमन र विभेद आफूहरुलाई स्वीकार्य नहुने भएकाले दलित दमनका विरुद्ध लोकतान्त्रिक पाटि नेपाली कांग्रेस समाजमा हुने विभेदका विरुद्ध  सधै आवाज उठाएको  विचार व्यक्त गर्नुभयो।
नेपाल दलित संघ पुर्व केन्द्रिय सदस्य अर्जुन रसाइली ले नेपाली काङ्ग्रेसले वीपीकै समयदेखि दलितको सम्मान र संरक्षण गरेको धारणा राख्नुभयो ।
बैठकमा बुटवल १७ का अध्यक्ष ज्ञान बहादुर रेस्मी दलित संघ रुपन्देहीका कोषाध्यक्ष राजु रोक्का ,नेपाली कांग्रेस बुटवल १९ का सचिव केदार न्यौपाने ,अन्जु बिक लगायतले बोल्नुभएको थियो ।
बैठक ले नेपाल दलित संघ बुटवलले आगामी दिनहरुमा संगठन बिस्तार गर्ने, २१ मार्चमा अन्तराष्ट्रिय रङगभेद तथा जातिय उन्मुलन दिवसमा कार्यक्रम गर्ने।आगामी दिनमा कार्यक्रम वडा प्रतिनिधीहरु ले वडा कार्यालय संग समन्वय गर्दै बिभिन्न कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : शनिबार, चैत्र ३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij