द हिमांशु डिजाइनर रनवे सिजन ४ का विजेताहरूद्वारा खाद्यान्न हस्तान्तरण

द हिमांशु डिजाइनर रनवे सिजन ४ का विजेताहरूद्वारा खाद्यान्न हस्तान्तरण

द हिमांशु डिजाइनर रनवे सिजन ४ का विजेताहरूले  अाइतबार खाद्यान्न हस्तान्तरण गरेका छन् । बुटवल ४ पाल्पाराेडमा रहेकाे बुटवल अनन्त जीवन चर्च साथै वृद्धा पालनपाेषणमा रहेका वृद्धवृद्धाहरूकाका लागि विजेता साथै हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरमा तालिम लिइरहेका विद्यार्थीहरूले साे सहयोग गरेका हुन् । गत चैत्र २९ गते सम्पन्न भएकाे प्रतियोगिताका विजेताहरू र विद्यार्थीहरूले सामाजिक सेवामा अाफूहरूलाई समर्पित गर्दै साे सहयोग गरेको हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरका अध्यक्ष हिरा पेग्नीले जानकारी दिइन् ।

साथै द हिमांशु डिजाइनर रनवे सिजन ४ का सेभेन्थ रनरअप डिजाइनर वन्दना राना र राजकुमारी गुरुङलाई अाइतबार नै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक महावीर पुनद्वारा अवार्ड प्रदान गरिएकाे हाे ।

यो अाफ्नाे लागि एदकमै सुखद संयोग रहेकाे सेन्टरका अध्यक्ष पेग्नीकाे भनाइ छ । साथै साेही अवसरमै विद्यार्थीहरूले महावीर पुनको पुस्तक किनेर पनि सहयोग गरेकाे पेग्नीले बताइन् ।

प्रकाशित मिति : सोमबार, बैशाख ३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij