भैरहवा- रुपन्देहीको भैरहवास्थित होटल एसियन बुद्धले सरसफाई कार्यक्रम गरेको छ । सिद्धार्थनगर नगरपालिका–८ बसडिलवामा रहेको होटलले होटल क्षेत्र र त्यसवरपरका सडक तथा बसडिलवा शिवालय मन्दिर (शिव मन्दिर) क्षेत्रमा सरसफाई गरेको हो । ‘सामाजिक कार्यमा हाम्रो उत्तरदायित्व, सरफाई अभियानमा एसियन बुद्धको नेतृत्व’ भन्ने नाराका साथ शनिबार (आज) बिहान सरसफाई गरिएको होटलका अपरेशन म्यानेजर जे.पी.सुवेदीले बताए । उनका अनुुसार होटलले प्रत्येक महिनाको पहिलो शनिबार बिहान ५ः३० देखि ७ः३० बजे (दुई घण्टा) सम्म सरसफाई कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वच्छ वातावरणका लागि सरसफाई अत्यन्तै महत्वपूर्ण रहेकोले होटल यो कार्यक्रम सञ्चालन गर्दै आएको सुवेदीले जानकारी दिए । ग्राहकलाई राम्रो सेवा उपलब्ध गराउँदै आएको यो चारतारे होटलले सामाजिक क्षेत्रसँगै नगर/गाउँलाई स्वच्छ तथा सफा राख्न सरसफाई कार्यक्रम राख्दै आएको उनले बताए । प्रत्येक शुक्रबार होटलमा गायक जीवनको प्रस्तुती रहेको सुवेदीले जानकारी दिए । होटलका महाप्रबन्धक दीपक धमलाले होटलले सामाजिक कार्यहरुलाई निरन्तरता दिदै आएको बताए । यसअघि होटलले २०८० चैतमा तिलोत्तमा क्रिकेट एकेडेमीका खेलाडीहरुलाई जर्सी वितरण गरेको थियो ।
प्रकाशित मिति : शनिबार, जेष्ठ ५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्