काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले शुक्रवार काठमाडौँ केन्द्रित विरोध प्रदर्शन गर्ने भएको छ। बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले सो निर्णय गरेको कांग्रेस नेता नैनसिंह महरले बताए।
उनले शुक्रवार कांग्रेसको नेतृत्वमा काठमाडौँ केन्द्रित संघर्ष गर्ने र सहकारीका विषयमा पीडित केन्द्रित आन्दोलन गर्ने निर्णय भएको बताए।
उनले पार्टीलाई स्थानीयस्तरसम्म लैजान विभिन्न कार्यक्रमहरु गर्ने निर्णय भएको पनि बताए। उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि कांग्रेसको नेतृत्व गर्नेहरुबाट पार्टीलाई ठिक ठाउँमा पु¥याउन नसकेको जिकिर गरे।
उनले भने, ‘नेपाली कांग्रेसको जसलेजसले नेतृत्व गरेको छ, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरे यता यो नेतृत्वले कांग्रेसलाई ठिक ठाउँमा पु¥याउन सकेको छैन।’
प्रकाशित मिति : बुधबार, जेष्ठ ९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्