चिनियाँ मन्त्रीको लुम्बिनी भ्रमण, लुम्बिनीको प्रवद्र्धनका लागि विमानस्थलमा उडान गर्ने प्रतिबद्धता

चिनियाँ मन्त्रीको लुम्बिनी भ्रमण, लुम्बिनीको प्रवद्र्धनका लागि विमानस्थलमा उडान गर्ने प्रतिबद्धता

लुम्बिनी-चिनका राष्ट्रिय धार्मिक साँस्कृतिक मामिला प्रशासन मन्त्री चेन रुइफेंङले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । चिनको धार्मिक तथा साँस्कृतिक मन्त्रालय हेर्ने मन्त्री सहितको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमे) ले स्वागत गरेका हुन् । बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर आगामि दिनमा गर्न सकिने सहकार्य, चिनियाँ विहार मार्फत लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्ने एव्म नेपाल चिनको साँस्कृतिक सम्बन्ध दिगो बनाउने उदेश्यका साथ लुम्बिनी भ्रमणमा आएको मन्त्री रुइफेंङले बताए । मन्त्री रुइफेंङले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पुष्करणी पोखरी, शान्ति दीपको भ्रमण गर्दै लुम्बिनीबारे जानकारी लिएका थिए ।
भ्रमणका क्रममा कोषका उपाध्यक्ष डा. लामाले लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेकाले चिनबाट नियमित उडानका लागि तत्तकाल पहल गर्न आग्रह गरे । उनले नियमित उडान हुँदा बुद्धजन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनसँगै बुद्धको सन्देश विश्वव्यापी बनाउन सकिने भएकाले छिमेकी राष्ट्रको हिसाबले सहयोगका लागि पहल गर्न आग्रह गरे । यस्तै चिनसँग नेपालको पुरानो सम्बन्ध रहेको बताउँदै आफूहरु लुम्बिनीमा चिनिया तीर्थयात्रुहरुलाई स्वागत गर्न सधै आतुर रहेको बताए ।
उपाध्यक्ष डा. लामाको विमानस्थलप्रतीको चासोप्रति चिनियाँ मन्त्री रुईफेंङले चिनबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने प्रतिबद्धता जनाए ।  उनले आफूहरु लुम्बिनी र नेपालसँगको सहकार्यका लागि सदैव सकरात्मक रहेको बताउँदै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा चिन सरकार तयारीमा जुटिसकेकाले छिट्टै उडान हुने प्रतिबद्धता जनाए । उनले राजनीतिक रुपमा सचेत व्यक्ति लुम्बिनी विकास कोषको उपाध्यक्ष भएकोमा देख्दा निकै खुशी लागेको बताउँदै चिन सरकार बुद्ध, लुम्बिनी र नेपालीहरुसँग सहकार्यका लागि सदैव सकरात्मक रहने बताए ।
मन्त्री रुइफेंङसँगै नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्ग, चिनको  राष्ट्रिय धार्मिक मामिला प्रशासनका धार्मिक मामिला ब्यूरो प्रमुख हुआंग झिहुई सहितको उपस्थिती रहेको थियो । मन्त्री सहितको टोलीको स्वागतमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार तिलक आचार्य, कोषका कार्यकारिणी सदस्य श्याम रोक्का, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई लगायतको उपस्थिती थियो । मन्त्री रुईफेंङले लुम्बिनी विकास कोषको कार्यालयमा भेटघाट गरी उपाध्यक्ष लामासँग मायाको चिनो आदानप्रदान समेत गरेका थिए ।
यसैगरी मन्त्री रुईफेंङले लुम्बिनी स्थित चिनियाँ विहारको समेत भ्रमण गरे । विहारमा चाईनिज बुद्धिष्ट सोसाईटीका उपाध्यक्ष मास्टर यिन सुनले जानकारी सहित बिफ्रिङ गरेका थिए । मन्त्री रुइफेंङले चिनियाँ विहारको भ्रमणसँगै त्यहाँ निर्माण हुने विहारको शिलान्यास र पिपलको रुखको बृक्षारोपण गरेका थिए । यसअघि चिनियाँ मन्त्री चेनलाई अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलमा चिन नेपाल मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण सापकोटाले स्वागत गरेका थिए ।
बुधबार नै सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि चिनियाँ मन्त्रीको ध्यानआर्कषण गराउँदै ज्ञापन पत्र बुझाएका थिए ।

प्रकाशित मिति : बुधबार, जेष्ठ ३० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij