तिलाेत्तमा-लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले पाेलिटव्युराे सदस्य लिला गिरीले एकता र इमानदारिताले जुनसुकै संस्थाकाे उदेश्य प्राप्त हुने बताएका छन् । शंकरनगर सामुदायिक वनअन्तर्गत शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वन वाटिका ) परिसरमा रहेकाे पुष्पलाल स्मृति केन्द्र शंकरनगर तिलाेत्तमाकाे चाैथाे साधारणसभा तथा दाेस्राे अधिवेशनकाे अवसरमा बाेल्दै उनले एकअापसमा मिलेरै हरेक लक्ष्य र उदेश्य प्राप्त गर्न सहज हुने बताएका हुन् । साे अवसरमा अर्का पाेलिटव्युराे सदस्य दधिराम न्याैपानेले संस्था सदैव अाफ्नाे उदेश्यअनुसार अगाडि बढ्न जरुरी रहेकाे बताए । त्यसतै केन्द्रीय सल्लाहकार अर्जुन ज्ञवालीले संस्थाले जातीय द्वन्दविरुद्ध अावाज उठाउनु पर्ने भन्दै अागामी सबल नेतृत्वका लागि सुझाव दिए । कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य माेहन चापागाईं , जिल्ला अध्यक्ष यज्ञ गैह्रेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । केन्द्रकाे शुक्रबार सम्पन्न अधिवेशनले तामनाथ पाण्डेको अध्यक्षतामा १६ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । जस्काे उपाध्यक्षमा सावित्रा पन्थी अाचार्य चयन भएकी छन् । महासचिवमा निलकण्ठ भट्टराई , सचिवमा ज्ञान प्रसाद ज्ञवाली , काेषाध्यक्षमा कृष्णलाल भुसाल चयन भएकाे निर्वाचन समिति संयाेजक टिकाराम घिमिरेले जानकारी दिए । भने सदस्यहरूमा पुष्करनाथ पन्थ , कमला ज्ञवाली , नारायण कार्की , रुकु पाण्डे , गिता न्याैपाने , शंकर जिसी , अाेम प्रकाश खरेल , लक्ष्मी शर्मा पन्थी , माया अर्याल , रमेश थापा र चाेलाकान्ता भण्डारी चयन भएका छन् । त्यस्तै लेखा समिति संयाेजकमा गाेविन्द अर्याल र सदस्यहरूमा तुलसी न्याैपाने गाैतम , श्यामलाल क्षेत्री चयन भएकाे निर्वाचन समितिले जनाएको छ । साेही अवसरमै पुष्पलाल स्मृति केन्द्र सभाहलकाे उद्घाटन गरिएको छ । पूर्व मुख्यमन्त्री गिरीकाे प्रमुख अातिथ्यतामा साे भवन उद्घाटन भएकाे थियो । कार्यक्रम महासचिव तामनाथ पाण्डेको सञ्चालन तथा अध्यक्ष राम गिरीकाे अध्यक्षतामा सम्पन्न भएकाे थियो ।
प्रकाशित मिति : शुक्रबार, असार १५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्