बाल यौन दुराचारका दोषी बम्जनलाई १० वर्ष कैद

बाल यौन दुराचारका दोषी बम्जनलाई १० वर्ष कैद

पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्तिको आदेश

काठमाडौँ : सर्लाही जिल्ला अदालतले आफूलाई तपश्वी बताउने रामबहादुर बम्जनलाई बाल यौन दुराचार कसुरमा १० वर्ष कैदको सजाय हुने फैसला सुनाएको छ।

 

सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई १० वर्ष कैदसहित पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका सूचना अधिकारी सिकिन्दर कापरलेजानकारी दिए।

यसअघि असार १० गते न्यायाधीश भण्डारीकै इजलासले बम्जनलाई दोषी ठहर गरी सजाय निर्धारणका लागि आज पेसी तोकेको थियो।

गत पुस २४ गते काठमाडौँबाट पक्राउ परेका बम्जनलाई पुस २८ गते जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि थुनामा पठाएको थियो।

सर्लाहीस्थित उनको आश्रममा बाल यौन दुराचार भएको जाहेरी परेको थियो।

उनीविरुद्ध अन्य ४ जना अनुयायीलाई सिन्धुलीस्थित आश्रमबाट बेपत्ता पारेको अभियोगसमेत छ। बम्जन जोडिएका अरु मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

प्रकाशित मिति : सोमबार, असार १८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij