देशका धेरै ठाउँमा रातिदेखि झरी, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

देशका धेरै ठाउँमा रातिदेखि झरी, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ – देशका धेरै ठाउँमा रातिदेखि झरी परेको छ । दिउँसो पनि कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँहरु तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी, मधेस, बाग्मती, र  गण्डकी  प्रदेशका केही  ठाउँहरुमा, लुम्बिनी  प्रदेशको  थोरै  ठाउँहरुमा साथै  सुदूरपश्चिम र कर्णाली प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । लगातार र ठूलो पानी परेका ठाउँका नदी, खोलाहरुमा बाढी आएको छ ।

नारायणी र मर्स्याङ्दी नदीले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । चितवनको देवघाट र नारायणी नदीको पुल, सिन्धुलीको कमला र बाराको पसाह खोलामा जलसतहले सतर्कता तह पार गरेकाले नदी तटीय क्षेत्रमा बस्नेहरुलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले भोलिसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान गरेको छ । विभागका अनुसार देशको पूर्वी र मध्य भागका धेरैजसो जिल्लामा छोटो अवधिमा धेरै पानी पर्न सक्ने जोखिम छ ।

प्रकाशित मिति : शुक्रबार, असार २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij