बुटवल -देवदह सुनचाँदी व्यवसायी संघको आयोजनामा सनिवार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।संघको वार्षिक कार्ययोजना अन्तर्गत वृक्षँरोपण गरिएको संघले जनाएको छ।वृक्षारोपणमा अशोका, वेल ,स्वामी गोल्मर लगाएत विभिन्न जातका विरुवाहरु रोप्नुका साथै तारले बारेर संरक्षण समेत गरिएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथी रुपन्देही सुनचाँदी व्यवसायी संघ सदस्य तिलक विश्वकर्माले वातावरण असन्तुलनका कारण खडेरी, बाढिपहिरो जस्ता समस्या आउने गरेको भन्दै वातावरण संरक्षणको लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
हरियाली र सुन्दर हराभर होस भन्ने उदेश्यले देवदह सुनचाँदी व्यवसायी संघले देवदह स्मृति वन वाटिका सितलनगर परिसरमा वृक्षारोपण गरेको संघका अध्यक्ष इन्द्र सुनारले जानकारी दिनुभयो। उहाँले हरियाली प्रवद्र्धन र सामाजिक उत्तरदायित्व अन्तर्गत सोे कार्य गरिएको र आगामी दिनहरुमा पनि यस्ता कार्यमा आफू लागिरहने पनि उहाँले प्रतिवद्धता व्यक्त गर्नुुभयो ।
कार्यक्रममा स्मृति वन वाटिकाका अध्यक्ष भरत गुरुङले सो क्षेत्रको बारेमा जानकारी गराउदै यस ठाँउलाई हरियाली र सुन्दर बनाउनको लागी वृक्षारोपण कार्यक्रम आयोजना गरेको प्रति धन्यवाद व्यक्त गर्नुभयो ।कार्यक्रम इन्द्र बहादुर सुनारको अध्यक्षता एवम संघका सचिव कमल गहतराजको संचालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा रुपन्देही सुनचाँदी व्यवसायी संघ सदस्य सुजता गहतराज ,देवदह सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष सुमन बराल, सहसचिव अशोक सुनार,कोषाध्यक्ष रोम विश्वकर्मा,सहकोषध्यक्ष विजय सुनार,सदस्यहरु जोग प्रसाद सुनार,यम बिक,अर्जुन सुनार,बसन्ती बिक,माया सुनार , सुवास सुनार ,राजिव कालिराज,सोनु सुनार, देबदह सुनचाँदी महिला समुह उपाध्यक्ष सृजना सुनार , सचीव सीता गहतराज,एम बहादुर काउचा, यम ठकुरी, लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रकाशित मिति : शनिबार, असार ३० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्