संसद्‌मा उपसभामुखविरुद्ध खरो उत्रियो कांग्रेस

संसद्‌मा उपसभामुखविरुद्ध खरो उत्रियो कांग्रेस

काठमाडौं – नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाले भिसा दिन अमेरिकी दूतावासलाई लेखेको पत्रका सन्दर्भमा संसद्‌बाटै प्रश्न उठाएको छ। आइतबारको प्रतिनिधिसभामा कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुख रानाको उक्त कदमको चर्को विरोध गर्दै छानबिन माग गरेका छन्।

संसद् र उपसभामुख पदसँग कुनै साइन नभएको मान्छेहरूलाई पदको दुरुपयोग गरेर पत्र लेखेकोले पदबाट राजीनामा दिएर छानबिनमा उपसभामुखले सहयोग गर्नुपर्ने माग उनले गरे। ‘संसद्सँग कुनै साइनो नभएको पाँचजना मान्छेका लागि अमेरिकी भिसाका लागि प्रयोग गरिएको पत्र प्राप्त भयो। यस्तै अवस्थामा उपसभामुखले संसद्को कमाण्ड गर्न सुहाउँछ कि सुहाउँदैनरु संसद्‌भन्दा बाहिर बसेर यो छानबिनलाई सहयोग गर्नुपर्छ।’

सांसद् खतिवडाले उपसभामुख कार्यालय र संसद्लाई भिसा सहजीकरणको कन्सल्टेन्सी नबनाउन चेतावनीसमेत दिए। ‘भिसा सहजीकरणको कन्सलटेन्सी उसभामुखको कार्यालय र संसद हुन सक्दैन’, उनले भने।

प्रकाशित मिति : आइतबार, साउन ६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij