बुटवल महिला जेसिजकाे आयाेजनामा प्रि इन्डक्सन तालिम सम्पन्न

बुटवल महिला जेसिजकाे आयाेजनामा प्रि इन्डक्सन तालिम सम्पन्न

बुटवल महिला जेसिज वर्ष २४ काे अायाेजनामा प्रि इन्डक्सन तालिम सम्पन्न भएकाे छ । शनिबार बुटवलमा भएको तालिममा नवप्रवेश सदस्यहरुलाई जेसीजको परिचय , महत्व र क्षेत्रका बारेमा जानकारी गराइएको थियोे ।

कार्यक्रममा पूर्व अध्यक्ष तथा सल्लाहकार बालकुमारी भण्डारीले अाफ्नाे संघर्ष र सफलताको बारेमा नयाँ सदस्यहरूलाई जानकारी गराएकी थिइन् । साथै समाजमा अाफूले गरेकाे याेगदानकाे बारेमा सदस्यहरूलाई जानकारी गराएकी हुन् । त्यस्तै पूर्व अध्यक्ष तथा सल्लाहकार कल्पना पाण्डे , पूर्व अध्यक्ष रिजन श्रेष्ठलगायतले बाेलेका थिए ।
नयाँ सदस्यहरू अास्था पाण्डे , भगवती बेलबासे र अमिशा अर्यालले तालिमकाे अनुभवकाे बारेमा बताएका थिए ।
कार्यक्रममा प्रमुख प्रशिक्षकले जेसिजका कर्तव्यका बारेमा जानकारी दिएका थिए । त्यसैगरी कार्य समितिका सदस्यकाे बारेमा समेत जानकारी दिई बुटवल महिला जेसिजकाे अाँगनमा किन भन्ने विषयमा समेत अन्तरक्रिया भएकाे थियाे ।

प्रि इन्डक्सन तालिमको संयाेजक जमुना श्रेष्ठकाे स्वागत रहेकाे कार्यक्रममा अास्था पाठ भगवती बेल्बासेले गरेकाे बुटवल महिला जेसिज वर्ष २४ का अध्यक्ष संगीता ढकालले बताइन् ।

प्रकाशित मिति : मंगलबार, साउन ८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij