JanataToday.com

Advertisment

SKIP THIS

विमान दुर्घटनामा मृत्यु भएकाहरुको पोष्टमार्टम जारी, भोलिमात्र परिवारलाई बुझाइने

विमान दुर्घटनामा मृत्यु भएकाहरुको पोष्टमार्टम जारी, भोलिमात्र परिवारलाई बुझाइने

काठमाडौं : बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका १८ जनाको शवको शिक्षण अस्पतालमा महाराजगञ्जमा पोस्टमार्टम आज पनि जारी छ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका अनुसार पोस्टमार्टमका लागि तीन टोली खटिएका छन्। पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सक सहभागी छन्। एउटा शवलाई पोस्टमार्टम गर्नका लागि कम्तिमा पनि चार घन्टा लाग्ने चिकित्सकले बताएका छन्।

सबैको पोस्टमार्टम गरेर भोलिसम्ममा परिवार र आफन्तलाई शव जिम्मा लगाउन सकिने पोस्टमार्टममा सहभागी चिकित्सकले बताएका छन्।

बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्नेबित्तिकै दुर्घटना भएको थियो। जसमा परेर मृत्यु भएका १८ जनाको पोस्टमार्टम भइरहेको हो। दुघंटनामा घाइते पाइलट मनिषरत्न शाक्यको उपचार जारी छ। यस्तै जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ।

प्रकाशित मिति : बिहिबार, साउन १० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij