काठमाण्डौ – थाइल्याण्डको बैङ्कक मुख्यालय भएको थाई एयर एशियाले बैङ्कक–भैरहवा हप्तामा चार दिन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले थाई एयर एशियालाई हिजो भैरहवामा उडान अनुमति दिएको हो । थाई एयर एशियाले काठमाण्डौ र भैरहवामा उडान अनुमति मागेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रायका आधारमा नागरिक उड्डयन प्राधिकरण मुख्यालयले हप्तामा काठमाण्डौमा तीन र भैरहवामा चार वटा उडान अनुमति दिएको हो । भैरहवामा अहिले हप्तामा एउटा नेपाल वायुसेवा निगमको उडान हुने गरेको छ ।
काठमाण्डौबाट मलेसिया जाने निगमको जहाज हरेक मंगलबार फर्किँदा क्वालालमपुरबाट भैरहवा हुँदै काठमाडौं आउने गरेको छ । ५८ वटा विमान भएको थाई एयर एशियाको नेपालको आधिकारिक एजेन्ट (जिएसए) युनिभर्सल ट्राभल रहेको छ ।
प्रकाशित मिति : शुक्रबार, साउन १८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्