उद्यमशील ट्रेनिङ सेन्टर प्रालि बुटवलद्वारा भाषण कला तालिम सुरू

उद्यमशील ट्रेनिङ सेन्टर प्रालि बुटवलद्वारा भाषण कला तालिम सुरू

बुटवल -उद्यमशील ट्रेनिङ सेन्टर प्रालि बुटवलले भाषण कला तालिम सुरू गरेकाे छ । विभिन्न तालिम दिने उदेश्यले सुरु भएको ट्रेनिङ सेन्टरमा साेमबारबाट भाषण कला तालिम सुरू भएको हाे । एक हप्ते साे तालिममा प्रशिक्षार्थीहरुको समय अनुकुल बिहान , दिउँसो र साँझ तालिम दिइनेछ । सेन्टरका अध्यक्ष राजेन्द्र पाण्डेको अध्यक्षतामा भएकाे कार्यक्रममा
उत्साहजनकरुपमा प्रशिक्षार्थीहरु उपस्थित रहेका छ्न् ।

सेन्टरका सचिव माधव गैरेको सञ्चालनमा भएकाे कार्यक्रममा  प्रशिक्षक रमेश अर्याल , सेन्टरका उपाध्यक्ष पुष्करनाथ पन्थ , काेषाध्यक्ष ज्ञानेन्द्र भुसाल , सदस्य रेशम भट्टराई ,मनिष पन्थलगायतको उपस्थिति रहेकाे थियो ।

ट्रेनिङ सेन्टरमा फोटोग्राफी , भिडियोग्राफी, इलेक्ट्रिसियन , मेशन , कार्पेन्टर , पल्मबिङ , स्काफोल्डिङ तथा उद्यमशील सम्बन्धि विभिन्न कक्षाहरु सञ्चालन हुने तालिमका संयोजक मनिष पन्थले जानकारी गराए ।

प्रकाशित मिति : बिहिबार, साउन २४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij