काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले तत्काल संविधान संशोधन हुन नसक्ने बताएका छन्।
आइतवार काठमाडौँमा आयोजित पुस्तक विमोचनमा उनले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने भए पनि अहिले नै संशोधन गर्न नसकिने बताएका हुन्।
उनले अहिले नै संविधान संशोधन गर्न नसकिने स्पष्ट पारे। उनले संविधान संशोधन गर्नका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको दुई तिहाई बहुमत चाहिने भए पनि सरकारको बहुमत नपुग्ने बताए।
उनले दुवै सदनमा बहुमत पुर्याउन २ वर्ष कुर्नुपर्ने बताए। नेता कोइरालाले संविधान संशोधन गर्दा नेकपा माओवादी केन्द्रलगायतका राजनीतिक दलहरुलाई पनि साथमा लिएर जानुपर्ने बताए।
उनले अहिलेको लडाइँ प्रतिनिधित्व, पहिचान र पहुँचको लडाइँ भएको उल्लेख गर्दै संविधान संशोधनमा यो कुरालाई पनि विचार पुर्याउनुपर्नेमा जोड दिए। उनले प्रतिनिधिसभामा सबैलाई समेट्ने र राजनीतिक दलको बहुमत पनि आउनेगरी संविधान संशोधन गरिने बताए।
‘राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्नेछ तर हामीले यो पनि बुझ्नुपर्ने हुन्छ‚ अहिलेको लडाइँ प्रतिनिधित्व, पहिचान र पहुँचको लडाइँ पनि हो। संविधान अहिले नै संशोधन हुन्छ भन्ने कुरा पनि दिमागबाट हटाइदिनुस्‚ त्यो हुन सक्दैन भन्ने कुरा पनि हामीले बुझौँ‚’ उनले भने‚ ‘किन हुन सक्दैन भने प्रतिनिधिसभा र राष्ट्रियसभा मिलाएर दुई तिहाई बहुमत चाहिन्छ। राष्ट्रियसभामा यो सरकारको बहुमत पुग्दैन‚ २ वर्ष कुर्नैपर्ने हुन्छ।’
उनले राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनको लागि कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिएको बताए। उनले कांग्रेसका मन्त्रीहरुलाई पदबाट बाहिरिँदा निष्कलङ्क भएर निस्किन आग्रह गरेको पनि बताए।
प्रकाशित मिति : आइतबार, साउन २७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्