सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयककाे प्रतिवेदन प्रतिनिधिसभामा पेश

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयककाे प्रतिवेदन प्रतिनिधिसभामा पेश

file

काठमाण्डाै – सङ्क्रमणकालीन न्यासम्बन्धी (टीआरसी) विधेयककाे प्रतिवेदन प्रतिनिधिसभा पेश भएकाे छ । आजकाे बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गर्नुभएको हो ।

प्रतिनिधिसभाले याे विधेयक समितिमा छलफलका लागि पठाएको थियो । विधेयक यही साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।

लामो समयदेखि दलहरूबीच विधेयकका अन्तर्वस्तुमा सहमति जुट्न सकिरहेको थिएन । यसअघि विधेयकका चार वटा बुँदा विवादित भएपछि गएको असार १३ गते तीन सदस्यीय कार्यदल गठन गरेर कार्यदलले गम्भीर मानव अधिकारका उल्लङ्घनका घटना, नियतवश वा स्वेच्छाले घटाइएको घटना, मेलमिलाप र सजाय तथा बहिर्गमित लडाकु र सुरक्षाकर्मीको परिवारलाई परिपूरणबारे सहमति जुटाएको थियो ।

प्रकाशित मिति : मंगलबार, साउन २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij